नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'अद्यावधिक सहकारी'का लागि नियमित अनुगमन गर्दै नेपालगञ्ज उपमहानगर
'अद्यावधिक सहकारी'का लागि नियमित अनुगमन गर्दै नेपालगञ्ज उपमहानगर
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ ४, २०८० बागेश्वरी पोस्ट
'अद्यावधिक सहकारी'का लागि नियमित अनुगमन गर्दै नेपालगञ्ज उपमहानगर

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीहरुको अनुगमनलाई निरन्तरता दिइरहेको छ । सहकारीहरुलाई चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन भइरहेको हो । सहकारी ऐन र प्रलचित नियम कानुन बमोजिम सञ्चालन भए नभएको, आर्थिक र व्यवस्थापकीय अवस्था, विद्यमान त्रृटी र सुधारका लागि आवश्यक सल्लाह सुझाब दिँदै सहकारीहरुलाई चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन गर्दै आएको नेपालगञ्ज उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रविणकुमार रानाले बताए । नेपालगञ्ज उपमहानगरपालिकाको कार्य क्षेत्रभित्र रहेका सहकारीहरुको नियमित अनुगमन गर्दै आएको सहकारी शाखाको अनुगमन टोलीले आज  दुई वटा सहकारी संस्थाको अनुगमन गरेको छ । 

शाखा प्रमुख राना, जिल्ला सहकारी संघका प्रबन्ध संचालक नवराज उपाध्याय, नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी सम्मिलित अनुगमन टोलीले नेपालगञ्ज–१२ बेलासपुर स्थित पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्था र नेपालगञ्ज–१८ कारकाँदोस्थित पौरखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अनुगमन गरेको हो । अनुगमनका क्रममा आर्थिक मन्दीका बीच पनि कुशल व्यवस्थापनका साथ सहकारीहरु सञ्चालन भइरहेको पाइएको रानाले बताए । “यो मन्दीमा पनि उच्च मनोबलका साथ सञ्चालन भइरहेको पायौं तर कतिपय विषयमा अद्यावधिक नभएको पनि पाएका छौं, ती विषयहरुलाई तत्काल सच्याएर अघि बढ्न पनि भनेका छौं,” रानाले भने–“डकुमेन्टेसनलाई अद्यावधिक राख्न सुझाब दिएका छौं ।” 

ऐन नियम, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, नियमित बैठक बस्नुपर्ने, कागजात चुस्तदुरुस्त राख्नुपर्ने, ऋण प्रवाह गर्दा अपनाउनुपर्ने प्रक्रिया लगायतका विषयमा कैफियत लेखेर आगामी दिनमा सच्याउन प्रतिबद्ध बनाइएको जिल्ला सहकारी संघका प्रवन्ध संचालक उपाध्यायले जानकारी दिए । अप्ठेरो परिस्थितिमा पनि सहकारीहरु राम्रोसंग सञ्चालन भइरहेको पाइएको बताउँदै उनले अनुगमनका क्रममा देखिएका केही कमीकमजोरीहरुलाई सच्याउन सुझाब दिइएको उल्लेख गरे । 

पूर्णिमाले स्वास्थ्य सेवा पनि प्रवाह गर्दै आएको छ । शेयर सदस्य र विपन्न बर्गलाई लक्षित गरी आफ्नै प्रयोगशालासहित नियमित स्वास्थ्य सेवा प्रदान गर्दै आएको उपाध्यक्ष लता शर्माले बताइन् । प्रबन्धक बामदेव भट्टराईले आगामी दिनमा कमीकमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । पूर्णिमामा ४२० शेयर सदस्य छन् । 

No description available.

पौरखीले पनि विपन्नलाई शैक्षिक सामग्री, विद्यालय पोशाक, झोला लगायत वितरण गर्दै आएको छ । बेला बेलामा स्वास्थ्य शिविर पनि संचालन गर्दै आएको अध्यक्ष दुर्गाप्रसाद अधिकारीले बताए । पौखरीमा १३०० शेयर सदस्य रहेको कोषाध्यक्ष पूर्णदेव गिरीले जानकारी दिए । संस्थाका प्रबन्धक सञ्जयकुमार बर्माले अनुगमनका क्रममा भेटिएका कमीकमजोरी सच्याएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।    

No description available.


प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
शीतलहरले तराईको जनजीवन कष्टकर
शीतलहरले तराईको जनजीवन कष्टकर
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP