prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर नगर स्वास्थ्य प्रबर्द्धन केन्द्र संचालनका लागि विज्ञ टोलीसँग छलफल
कोहलपुर नगर स्वास्थ्य प्रबर्द्धन केन्द्र संचालनका लागि विज्ञ टोलीसँग छलफल
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ ५, २०८० बागेश्वरी पोस्ट
कोहलपुर नगर स्वास्थ्य प्रबर्द्धन केन्द्र संचालनका लागि विज्ञ टोलीसँग छलफल

नेपालगन्ज । कोहलपुर नगरपालिका-१५ मा रहेको कोहलपुर नगर स्वास्थ्य प्रबर्द्धन केन्द्र संचालनका लागि विज्ञहरुसंग छ्लफल गरिएको छ । 

काठमाडौंबाट आएको सहरी प्रबर्द्धन केन्द्रको विज्ञ टोलीसंग कोहलपुरका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुको सहभागितामा छ्लफल गरिएको हो । यो प्रबर्द्धन केन्द्रले कोहलपुर नगरपालिका वडा न• ४, ७, ८, ९, १४ र १५ लाई लक्षित गरेको छ । छ्लफलको सहजीकरण गर्दै सहरी प्रवर्द्धन केन्द्रका विज्ञ प्रताप पौडेलले नागरिकले सहज र सस्तो तरिकाले गुणस्तरीय सेवा पाउन् भन्ने उद्देश्यले स्वास्थ्य प्रवर्द्धन केन्द्रको अवधारणा  ल्याइएको बताए । 

स्वास्थ्य प्रवर्द्धन केन्द्रको अवधारणा घरमै उपचार सेवा दिनु पनि रहेको उनको भनाइ छ । `स्वास्थ्यकर्मी घर-घरमा पुगेर व्यक्तिहरुको स्वास्थ्य अवस्था के छ ? कुन उमेर समुहका व्यक्तिमा कस्तो समस्या छ ? बिरामीले के कस्ता औषधि खाइरहेका छन् ? यी सबै कुराको तथ्यांक समेत संकलन गर्ने गरिन्छ,' उनले भने-`यसरी आउने तथ्यांकबाट व्यक्तिको प्रोफाइल तयार हुन्छ ।त्यसैका आधारमा स्थानीय सरकारलाई नीति तथा कार्यक्रम बनाउन सहज हुन्छ ।´ स्वास्थ्य प्रबर्द्धन केन्द्रको अर्को उद्देश्य  रोग लाग्नै नदिने र लागे पनि बिरामीले समयमै थाहा पाउने र   उपचारको पहुँचमा ल्याउने गरी सचेतना फैलाउनु पनि रहेको उनको भनाइ छ । एकीकृत प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्नु प्रवर्द्धन केन्द्रको उद्देश्य रहेको उनको भनाइ छ । 

नसर्ने रोगको प्रकोप बढ्दै गएकोले स्थानीय सरकारको ध्यान अब त्यसतर्फ जानुपर्ने पौडेलले बताए । कोहलपुर नगरपालिका-१५ का वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको छ्लफल कार्यक्रममा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगर प्रबर्द्धन केन्द्रलाई नागरिकको पहुँचसम्म पुर्‍याउने गरी काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

उनले प्रवर्द्धन केन्द्रले घर-घरमा पुगेर सेवा दिने बताए । प्रवर्द्धन केन्द्रलाई नमुना बनाउने दायित्व स्वास्थ्यकर्मीको भएकाले त्यसै अनुसार काम गर्न नगर प्रमुख आचार्यको निर्देशन थियो । नगर उपप्रमुख संगीता सुवेदीले कोहलपुर नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताए । उनले विज्ञहरुको रायको आधारमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाइने बताए ।

यस्तै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले प्रवर्द्धन केन्द्र संचालन र व्यवस्थापनमा पालिकाले गरिरहेको कार्यबारे जानकारी गराए । प्रवर्द्धन केन्द्र संचालनका लागि जनशक्ति व्यवस्थापन र  पूर्वाधार निर्माणमा पालिकाले सहयोग गरिरहेको उनको भनाइ छ ।

विज्ञ टोलीमा प्रताप पौडेल र कृष्ण रिजाल सम्मेलित छन् । उनीहरुले केही दिन कोहलपुरमा बसेर कोहलपुर नगर प्रबर्द्धन केन्द्र संचालनमा सहजीकरण गर्नेछन्  । विज्ञहरुसंगको छलफलमा कोहलपुर नगरपालिकाका प्रवक्ता नम बहादुर आले, ४ का वडा अध्यक्ष मुबारक अलि गुल्जार, ८ का वडा अध्यक्ष लाल बहादुर राना, ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगी, सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बिक, आर्थिक विकास समिति संयोजक अनिता बुढा, प्रवर्द्धन केन्द्रका प्रमुख डा. गोविन्द प्रसाद थारुसहित कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP