नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुझाउँदै
नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुझाउँदै
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ ७, २०८० बागेश्वरी पोस्ट
नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुझाउँदै
फाइल फोटो

नेपालगन्ज । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज नेपाल प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रहरीले पीडितहरूको बयान, उजुरी र बिचौलियाले दिएको बयान र बिचौलियाहरूबाट बरामद भएका केही टिपोटलाई आधार मानेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई पठाउने तयारी गरेको हो । 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको विषयले ठूलै चर्चा पाएको भए पनि प्रहरीले प्रमाणित गर्ने पर्याप्त आधार र प्रमाण भने पुर्‍याउन कठिन देखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालले अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिएका छन् । 

नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो । प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, तत्कालीन गृह सचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरेको थियो । यो प्रकरणमा संलग्नता पाइएकाहरूमाथि झन्डै पाँच कसुर आकर्षित हुन सक्ने अनुसन्धान अधिकारीहरूले बताए पनि उनीहरूलाई ठोस प्रमाणसहित मुद्दा बुझाउन पीडितको बयान र बिचौलियाको बयानलाई मुख्य आधार मानिएको छ । 

प्रहरीले सो प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन् भने अन्य २ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । अहिले अनुसन्धान प्रतिवेदनमा यिनैलाई मात्र मुद्दा चलाउन सिफारिस गर्ने तयारी भइरहेको छ ।

सो अवधिमा प्रहरीले सरकारी वकिल कार्यालय हुँदै अदालतमा मुद्दा पुराउनुपर्छ । पक्राउ पर्नेमा शुरुमा ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशवप्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङ थिए । त्यसको तीन दिनपछि मोरङ पथरी घर भएका ४४ वर्षीय सागर राई, दाङ घर भएका ३३ वर्षीय सन्देश शर्मा चैत २९ गते पक्राउ परेका थिए । 

वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि भने सो घटनाले निकै चर्चा पाएको थियो । राई पक्राउ परेको भोलिपल्ट वैशाख २० गते नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका थिए । एमाले सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भयो । वैशाख २० गते साँझ बुटवलबाट टोपबहादुरका छोरा सन्दीप पक्राउ परे । छोरा समातिएको खबर पाएका रायमाझी भने फरार रहे ।

वैशाख २६ गते काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परे । वैशाख २७ गते बिहान काठमाडौंको मैजुबहालबाट पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परे । 

खाँणसँगै सोही दिन उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परे । ११ दिन फरार रहेका टोपबहादुर रायमाझी वैशाख ३१ गते काठमाडौंबाट पक्राउ परे । गत सोमबार कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाले आत्मसमर्पण गरे । त्यसपछि बिहीबार बिहान र साँझ गरी हज कमिटीका अध्यक्ष शमशेर मिया र भुटानी शरणार्थीका सक्कली नेता नेता टेकनाथ रिजाल नक्कली भुटानी शरणार्थी प्रकरणमै पक्राउ परे । 

अहिले यस प्रकरणमा १६ जना हिरासतमा छन् । इन्द्रजित राईका छोरा नीरज र रामबहादुर थापा बालदका छोरा प्रतीक भने फरार छन् ।


प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनुगमन तथा सुपरिवेक्षणका लागि सशस्त्रका एआइजी दाहाल बाँकेमा
अनुगमन तथा सुपरिवेक्षणका लागि सशस्त्रका एआइजी दाहाल बाँकेमा
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP