नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • पूर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल जाँच गर्दा कुनै पनि शंकास्पद सामग्री फेला परेन
पूर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल जाँच गर्दा कुनै पनि शंकास्पद सामग्री फेला परेन
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ ८, २०८० बागेश्वरी पोस्ट
पूर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल जाँच गर्दा कुनै पनि शंकास्पद सामग्री फेला परेन

नेपालगन्ज । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल जाँच गर्दा कुनै पनि शंकास्पद सामग्री फेला नपरेको प्रहरीले जनाएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री खाँणको मोबाइलको रिपोर्ट आउँदा त्यस्तो शंकास्पद सामग्री फेला नपरेको हो । 

खाँणको साथबाट बरामद भएको मोबाइल जाँचका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको थियो । डीएफएलले रिपोर्ट पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

भुटानी शरणार्थी प्रकरण बारेको कुनै कुराकानी तथा प्रमाणहरु नभेटिएको भन्ने रिपोर्ट आएको परिसरका एसपी सिताराम रिजालले जानकारी दिए । 

उनका अनुसार पहिला मोबाइल फर्म्याट भएको त्यसको रिकभरका लागि पठाउँदा कुनै पनि सामग्री फेला नपरेको हो । ‘खाँणको  मोबाइल फ्याक्ट्री रिसेट भएको थियो । त्यसपछि हामीले जाँचका लागि डीएफएलमा पठाएका थियौं । तर, रिपोर्टमा कुनै पनि शंकास्पद विषयहरु देखा नपरेको रिपोर्ट आएको छ’, परिसरका प्रवक्ता समेत रहेका एसपी रिजालले भने । 

बैशाख २७ गते खाँणलाई चाबहिलको मैजुबहालस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । खाँणलाई पक्राउ गरेपछि प्रहरीले मोबाइल नियन्त्रणमा लिएको थियो । 

उक्त मोबाइलमा भुटानी शरणार्थी प्रकरणको गतिविधि नदेखिएपछि डिलेट तथा फर्म्याट गरेको हुन सक्ने भन्दै प्रहरीले जाँचका लागि पठाएको थियो । जाँच भएर आउँदा पनि केही नदेखिएपछि खाँणले प्रमाण लुकाउन अर्को मोबाइल प्रयोग गरेको पनि हुन सक्ने प्रहरीको अनुमान भएपनि अहिलेसम्म अर्को मोबाइल भेटिएको छैन । 

मोबाइलको फ्याक्ट्री रिसेट भएको पाइएपछि जिल्ला सरकारी वकिलको कार्यालयमा बयानको क्रममा यस बारे समेत सरकारी वकिलले खाँणलाई प्रश्न गरेका थिए । 

तर, खाँणले आफू पुरानो पुस्ताको मान्छे भएकाले मोबाइलको प्राविधिक पक्षबारे जानकारी नभएको बताएका थिए । खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणका विचौलिया केशव दुलाल र उनी गृहमन्त्री हुँदाका सचिव टेकनारायण पाण्डेले बयानका क्रममा नाम लिएको आधारमा पक्राउ गरेको थियो । 

यसअघि पाण्डेको मोबाइलमा खाँणको म्यासेज भेटिएको थियो । उनले आफ्ना सहयोगी नरेन्द्र केसीलाई पनि पाँच लाख रुपैयाँ दिनु भनेर म्यासेज पठाएको भेटिएको प्रहरीले जनाएको थियो ।

प्रहरीले उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को भाग २, परिच्छेद १ को दफा ५१ को उपदफा १ मा राष्ट्रहित प्रतिकूल हुने कुनै काम गर्न वा गराउन बन्देज गरिएको विषयमा मुद्धा सिफारिस गरेको छ । 

सोही दफाको उपदफा २ (क) मा भनिएको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छविउपर अपमान हुने, होच्याउने वा घृणा वा द्वैष फैलाउने कार्य राज्यविरुद्धका अपराध हुन् ।’ 

प्रहरीले हालसम्म पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमोलका सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व सांसद आङटावा शेर्पा, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायतका ‘हाई प्रोफाइल’ लाई पक्राउ गरेको छ । 

त्यस बाहेक ठगीमा संलग्न नेता रायमाझीका छोरा सन्दीप, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलाई पनि पक्राउ गरेको छ । 

गिरोहमा संलग्न एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक, नीरज राई, बेचन झा, केशव तुलाधर, अशोक पोखरेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी र रमा थापा लगायत फरार रहेका छन् ।


प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनुगमन तथा सुपरिवेक्षणका लागि सशस्त्रका एआइजी दाहाल बाँकेमा
अनुगमन तथा सुपरिवेक्षणका लागि सशस्त्रका एआइजी दाहाल बाँकेमा
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP