नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुडुवाको १३औं गाउँसभाद्वारा बजेट तथा कार्यक्रम संशोधन
डुडुवाको १३औं गाउँसभाद्वारा बजेट तथा कार्यक्रम संशोधन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ १२, २०८० बागेश्वरी पोस्ट
डुडुवाको १३औं गाउँसभाद्वारा बजेट तथा कार्यक्रम संशोधन

डुडुवा (बाँके) । डुडुवा गाउँपालिकाको १३औँ गाउँसभाले बजेट तथा कार्यक्रम संशोधन गरेको छ । आज बसेको गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले चालू आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

चालू आर्थिक वर्षमा गाउँपालिकाको नीति कार्यक्रम तथा बजेटबाट बिनियोजित कार्यक्रमहरु कार्यावन्यन गर्ने क्रममा नेपाल सरकार संघीय अर्थ मन्त्रालयको परिपत्र तथा निर्णयबाट बिनियोजित विभिन्न अनुदान रकम कटौती भएपछि योजना तथा कार्यक्रम संचालन हुन सकेन । बजेट कटौतीले गाउँपालिकाबाट चालू आर्थिक वर्षका लागि प्रस्तावित विभिन्न (चालूगत तथा पूँजीगत) कार्यक्रमहरु कार्यावन्यन हुन नसकेको र आन्तरिक स्रोततर्फको नदीजन्य पदार्थको ठेक्का बन्दोबस्त हुन नसकेको, विकास निर्माणका कार्यमा स्रोत अभावका कारण कार्यान्वयन हुन नसकेको अध्यक्ष चौधरीले संशोधन प्रस्तावमार्फत जानकारी गराएका थिए । 

हाल संचालनमा रहेका विभिन्न आयोजनामा स्रोत सुनिश्चिता गर्नुपर्ने र कार्यालय संचालनका लागि अनिवार्य दायित्वहरु तलबभत्ता, पानी, बिजुली, पदाधिकारी सेवा सुविधा, इन्धन, सञ्चार र मसलन्द तथा कार्यालय सामग्री शिर्षकमा समेत स्रोत सुनिश्चित गरी भुक्तानी गर्न चालू आर्थिक वर्षको कार्यक्रमको संशोधन प्रस्ताव सर्वसम्मतरुपमा पारित गरिएको हो । सभामा अध्यक्ष चौधरीले चालू आर्थिक वर्षमा जनप्रतिनिधिबीच आपसी विवाद, ढिलो गरी बजेट पास र आर्थिक मन्दीले सरकारले गरेको बजेट कटौतीले गाउँपालिकाले खासै उपलब्धि हासिल गर्न नसकेको भन्दै नयाँ आर्थिक वर्षदेखि विशेष कार्यक्रम तथा अभियान लागू गरी लुम्विनी प्रदेशकै नमुना पालिका बनाउने लक्ष्यका साथ अघि बढ्ने बताए । 

सभामा उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँले पनि योजना तथा कार्यक्रमका बारेमा बोलेका थिए । सदस्य सचिव अशोककुमार पाण्डेले सञ्चालन गरेको गाउँसभामा ३२ जना सभासदमध्ये २२ जनाको उपस्थिति रहेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रत्येक आर्थिक वर्षमा कम्तीमा दुई पटक गाउँसभा बस्नुपर्ने प्रावधान अनुरुप सभा बसेको हो । 
 


प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  २१:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP