नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पशुपतिको जलारी मात्रै हैन गोठाटारको ३१ रोपनी जग्गा अपचलनको पनि भण्डाफोर गरौं: अजयबाबु शिवाकोटी
पशुपतिको जलारी मात्रै हैन गोठाटारको ३१ रोपनी जग्गा अपचलनको पनि भण्डाफोर गरौं: अजयबाबु शिवाकोटी
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ १३, २०८० बागेश्वरी पोस्ट
पशुपतिको जलारी मात्रै हैन गोठाटारको ३१ रोपनी जग्गा अपचलनको पनि भण्डाफोर  गरौं: अजयबाबु शिवाकोटी

नेपालगन्ज । पशुपतिनाथको मन्दिरको जलहरी मात्र हैन गोठाटारमा रहेको ३१ रोपनी जग्गाको अपचलनको पनि भण्डाफोर गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले माग गरेका छन् । 

सामाजिक संजालमा लेख्दै उनले जलहरीको प्रसङ्ग उठिसकेपछि गोठाटारमा रहेको पशुपतिको ३१ रोपनी जग्गा भूमाफियासँग मिलेर अपचलन गर्ने संगठित गिरोहको पनि भण्डाफोर गर्नुपर्नेमा जोड दिएका हुन् । 

उनले लेखेका छन्, ‘जलहरी मात्र हैन गोठाटारमा रहेको पशुपतिनाथको ३१ रोपनी जग्गा भूमाफियासँग मिलेर अपचलन गर्ने संगठित गिरोहको पनि भण्डाफोर गरौं । जलहरीको कुरा संसदसँगै अख्तियारमा पनि प्रवेश गरिसकेको छ । यही बीचमा गोठाटारमा रहेको पशुपतिनाथको ५३५ रोपनी मध्य ५०४ रोपनी देखाई ३१ रोपनी जग्गा भूमाफियासँग मिलेर भागवण्डामा खाने प्रपञ्चमा पशुपति विकास कोषका जिम्मेवार पदाधिकारीहरु देखिएका छन् ।

पशुपतिनाथको जग्गा अपचलन गरी खान खोज्ने नियतमा संस्कृति मन्त्रालयको नेतृत्व तथा कोषका पदाधिकारीविरुद्ध तत्काल छानबिन गरी कारबाहीको लागि दबाब दिउँ । जय नेपाल ।’ 

यही विषयलाई लिएर नेकपा एमालेले संसद बैठक नै शुक्रवार अवरुद्ध गरेको थियो । पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएको कुरा आएपछि एमालेले आपत्ति जनाएको हो । 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा पशुपतिमा जलहरी लगाइएको थियो । तर, सुन भनेर पित्तल लगाएको भनेर उक्त प्रकरणमा ११ किलो सुन कम भएको महालेखाको प्रतिवेदनमा समेत आएको थियो । 

यसको जिम्मा नैतिकताका आधारमा केपी ओलीले लिनुपर्ने भनी संसदमा प्रश्न उठेपछि एमालेले संसद नै अवरुद्ध गरेको हो । 

सांसदहरुले भने यसको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । 


प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP