नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बैदेशिक रोजगारीबाट फर्केकालाई सात दिने 'उद्यमशिलता प्रबद्र्धन तालिम'
बैदेशिक रोजगारीबाट फर्केकालाई सात दिने 'उद्यमशिलता प्रबद्र्धन तालिम'
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ १७, २०८० बागेश्वरी पोस्ट
बैदेशिक रोजगारीबाट फर्केकालाई सात दिने 'उद्यमशिलता प्रबद्र्धन तालिम'

नेपालगञ्ज । बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि उद्यमशिलता प्रबद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । उद्यमशिलता प्रबद्र्धन कार्यक्रम अन्तर्गत नेपालगञ्जमा सात दिने तालिम सम्पन्न भएको छ । वैदेशिक रोजगार बोर्ड र नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको साझेदारीमा तालिम सम्पन्न भएको हो । 

व्यवसायिक योजना निर्माण, लेखा सञ्चालन र व्यवस्थापन, व्यवसाय छनौट, व्यवसाय सञ्चालन प्रक्रिया, उद्यमशिलता लगायतका विषयमा सहजीकरण गरिएको तालिममा नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ४, ७, १९ र २० का ४१ जनाको सहभागिता रहेको थियो । श्रम स्विकृति लिएर बैदेशिक रोजगारीमा गई बैदेशिक रोजगारीबाट फर्केका मध्येबाट आवेदन माग गरी ४१ जनालाई छनौट गरिएको रोजगार सेवा केन्द्रकी प्रमुख मञ्जु ज्ञवालीले बताइन् । उनीहरुलाई उद्यमशिल बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । 

सात दिने उद्यमशिलता प्रबद्र्धन तालिमबाट १३ किसिमको व्यवसाय छनौट भएको छ । इलेक्ट्रोनिक पसल १, किराना पसलको स्तरोन्तति ६, किराना तथा नास्ता पसलको स्तरोन्नति २, कुखुरापालन फर्म ५, ग्रफिस पसलको स्तरोन्नति १, जुत्ता चप्पल पसलको स्तरोन्नति १, तरकारी खेती ३, बाख्रापालन ११, बुटिक उत्पादन तथा स्तरोन्नति १, भेडापालन १, भैंसीपालन १, सिलाईकटाई पसलको स्तरोन्नति १ र सेटेरिंग २ गरी ४१ जनाको १३ किसिमको व्यवसाय छनौट गरिएको रोजगार सहायक अनुप बर्माले जानकारी दिए । तालिमको प्रशिक्षक हरि सुबेदी थिए । 

No description available.

तालिम समापन तथा प्रमाण-पत्र वितरण कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख तथा कार्यक्रम कार्यान्वयन समिति संयोजक कमरुद्दिन राईको अध्यक्षता एवम् बैदेशिक रोजगार बोर्डका निर्देशक राजन पौडेलको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै पौडेलले वैदेशिक रोजगार बोर्डबाट सञ्चालन हुने कार्यक्रमको बारेमा जानकारी गराएका थिए । उपप्रमुख राईले आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्नुपर्ने जोड दिए । 

समापन कार्यक्रममा वडा नम्बर २० का वडा अध्यक्ष एवम् कार्यक्रम कार्यान्वयन समिति सदस्य कौशलकुमार धोबी, सामी कार्यक्रम संयोजक सनत सापकोटा, बैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत नरबहादुर चन्द, कार्यक्रम कार्यान्वयन समिति सदस्य दिपा राना मगर लगायत उपस्थित थिए । समापन कार्यक्रमको सञ्चालन रोजगार सहायक अनुप बर्माले गरेका थिए । 
 


प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP