नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • रहस्यमय दरबार हत्याकाण्डको आज २२ वर्ष
रहस्यमय दरबार हत्याकाण्डको आज २२ वर्ष
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ १९, २०८० बागेश्वरी पोस्ट
रहस्यमय दरबार हत्याकाण्डको आज २२ वर्ष

नेपालगन्ज । दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पुगेको छ । आजकै दिन २०५८ जेठ १९ गते  तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो ।

२०५८ जेठ १९ गते विश्वमा नै चर्चित भनेको दरबार हत्याकाण्ड का रूपले चिनिन्छ । राज्यको भौगोलिक अवस्थालाई हेरेर प्रशासनिक क्षेत्रको सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका वीरेन्द्रको पारिवारिक जमघटकै सयमा रहस्यमय हत्या भएको कहालीलाग्दो घटनाक्रम मानिन्छ । 

दरबार हत्याकाण्डमा राजा वीरेन्द्रसहित शाही परिवारका ९ जनाको हत्या भएको थियो ।  घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य,  युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति, अधिराजकुमार नीराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्ग विक्रम शाहको हत्या भएको थियो। 

दरबार हत्याकाण्डको २२ वर्ष बित्दा समेत छानबिन हुन सकेको छैन । तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा छानबिन समिति गठन भए पनि हाल सम्म कुनै तथ्य बाहिर आएको छैन । हत्याबारे अनेक अड्कलबाजी भए पनि तथ्य बाहिर आउन सकेको छैन । तत्कालीन युवराज दीपेन्द्रले हत्या गरेको भन्ने कुरा छानबिनपछि बनाइएको प्रतिवेदनले जनाए पनि त्यसमा अझै ठूलो जनसमूहलाई आशंका रहेको छ । 

समितिका अनुसार सो रात राजदरबारमा रात्रीभोज चलिरहेको थियो । राजा वीरेन्द्र, रानी ऐश्वर्या लगायत राजपरिवारका एक दर्जन भन्दा बढी व्यक्तिको उपस्थिति थियो । सो रात्रीभोजका आयोजक राजकुमार दीपेन्द्र राति ८ बजे हलमा आएका थिए । उनी पूर्ण सैन्य पोशाकमा थिए । उनको एक हातमा आधुनिक मेसिनगन र कोल्ट राइफल थियो । उनको वर्दीमा ९ एमएमको पेस्तोल राखिएको थियो । दीपेन्द्रले बुबा राजा वीरेन्द्रलाई हेरेर दाहिने हातमा समातेको मेसिनगनको ट्रिगर थिचे । त्यसपछि केही मिनेटमै त्यहाँ उपस्थित शाही परिवारका ९ जनाको हत्या भयो । अन्त्यमा राजकुमार दीपेन्द्रले आफैंलाई पनि गोली हाने ।

वीरेन्द्रका दुई भाइ मध्ये ज्ञानेन्द्र मात्रै बाँकी छन् । धिरेन्द्र शाहको समेत वीरेन्द्रको परिवारसँगै हत्या भएको थियो । वीरेन्द्र दशौं शाहवंशीय राजा थिए । उनले विक्रम संवत् २०२८ माघ १७ गते सोमबार शासन सत्ता सम्हालेका थिए । यता वीरेन्द्रको हत्यापछि ज्ञानेन्द्रले गद्दी सम्हाले । त्यसपछि उनीमाथि दरबार हत्याकाण्ड रचाएको भन्ने हल्ला पनि चलेको थियो । 

गणतन्त्र आएसँगै पूर्वराजा ज्ञानेन्द्र शाहले आफू दरबार हत्याकाण्डको छानबिन गर्न सहयोग गर्ने भन्दै राजदरबारबाट बाहिरिएका थिए । 

प्रधानमन्त्री भएको बेलामा स्व. गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतले दरबार हत्याकाण्डको छानबिन गरेरै छाड्ने प्रतिबद्धता जनाएको पनि वर्षौ भइसकेको छ । हालै प्रधानमन्त्री पुष्पकमल  प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने बताएका छन् । तर, अनुसन्धान हुनेमा शंका नै छ । 

 


प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP