नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरको डुडुवा तटबन्ध र सिकलसेलका लागि १ करोड २० लाख बजेट
कोहलपुरको डुडुवा तटबन्ध र सिकलसेलका लागि १ करोड २० लाख बजेट
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ २३, २०८० बागेश्वरी पोस्ट
कोहलपुरको डुडुवा तटबन्ध र सिकलसेलका लागि १ करोड २० लाख बजेट

नेपालगन्ज । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि संघीय सरकारले कोहलपुरमा दुई वटा योजनामा बजेट विनियोजन गरेको छ ।

कोहलपुर नगरपालिकाले माग गरेका मध्ये समपूरक र विषेशतर्फ दुई वटा योजनामा संघीय सरकारले १ करोड २० लाख बजेट विनियोजन गरेको हो । कोहलपुर नगर कार्यपालिकाको मंसिर २७ गते बसेको बैठकले समपुरक र विशेष योजनाका लागि ११ वटा योजना माग गरी पठाएको थियो । त्यसमा समपूरक योजनाका लागि ५ वटा र विशेषका लागि ६ वटा योजना माग गरी पठाइएकोमा दुबैतर्फ एक-एक वटा योजना परेको हो । 

समपूरकतर्फ डुडुवा, रोहिणी खोला तटबन्धका लागि ५० लाख बजेट बिनियोजन भएको छ ।  यो योजनामा नगरपालिकाले ५० लाख थप्नेछ । यो योजना एक करोडको हुनेछ ।

समपूरकका लागि नगर कार्यपालिकाले प्राथमिकीकरण गरी १ नम्बरमा कोहलपुर रिङरोड निर्माण तथा स्तरोन्नतिका लागि ४ करोड, २ नम्बरमा डुडुवा रोहिणी खोला तटबन्धका लागि साढे एक करोड, ३ नम्बरमा सृजना दुग्ध डेरीदेखि बागेश्वरी क्याम्पससम्म ३३० मिटर पिच बाटोका लागि ५० लाख, ४ नम्बरमा गोहवा गाउँदेखि चौधरीया जोड्ने सडकका लागि १ करोड र ५ नम्बरमा वडा नम्बर ११ र ६ को सिमानादेखि बालबिधासम्म पक्की नालाका लागि साढे एक करोड बजेट योजना माग गरि पठाएको थियो ।

त्यसमा संघीय सरकारले डुडुवा, रोहिणी खोला तटबन्धका लागि ५० लाख बजेट बिनियोजन गरेको हो । डुडुवा खोलामा तटबन्ध नहुँदा कोहलपुर नगरपालिका वडा नम्बर १२ र १३ का आधा दर्जन बस्ती डुवान र कटानको उच्च जोखिममा छन् । वडा नम्बर १२ को प्रगति नगर, जानकी टोल, ज्ञानज्योति स्कुल टोल, भाग्रा र वडा नम्बर १३ को सिम्री डुडुवा खोलाको उच्च जोखिममा छन् । 

तटबन्ध निर्माणपछि यी बस्तीमा डुवान र कटान समस्या केही हदसम्म हल हुने स्थानीयको बिश्वास छ । यस्तै संघीय सरकारसंग विशेष योजनातर्फ माग गरिएका ६ वटा योजनामध्ये सिकलसेल एनिमिया ल्याव संचालन तथा व्यबस्थापनका लागि  ७० लाख बजेट विनियोजन भएको छ । कार्यपालिका बैठकले छैठौं प्राथमिकतामा राखेर सिकलसेल ल्याव संचालन तथा व्यवस्थापनका लागि साढे एक करोड बजेट माग गरी पठाएको थियो ।

त्यसमा संघीय सरकारले ७० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले विशेष योजनातर्फ वडा नम्बर ४ स्थित हिमालय मदरसा गरिव नवाज प्राथमिक विद्यालयको पर्खाल निर्माणका लागि ४ करोड, वडा नम्बर १४ स्थित राम माविको भवन निर्माणका लागि साढे एक करोड, वडा नम्बर ३ स्थित आधारभूत स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि ५० लाख, वडा नम्बर २ स्थित दलित सांस्कृतिक संग्रहालय निर्माणका लागि ५० लाख र निकुञ्ज क्षेत्रमा मेसजाली तारबारका लागि ५० लाख बजेट योजना माग गरी पठाएको थियो ।


प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP