नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गल्तीलाई समयमै सच्याएर दुष्प्रभावबाट जोगिन सरकारलाई महामन्त्री गगन थापाको सुझाव
गल्तीलाई समयमै सच्याएर दुष्प्रभावबाट जोगिन सरकारलाई महामन्त्री गगन थापाको सुझाव
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ २४, २०८० बागेश्वरी पोस्ट
गल्तीलाई समयमै सच्याएर दुष्प्रभावबाट जोगिन सरकारलाई महामन्त्री गगन थापाको सुझाव

नेपालगन्ज ।  निर्वाचन आयोगको कार्यालय खारेजीलाई तत्काल सच्याउन नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले  नेपाल सरकारसँग आग्रह गरेका छन्  ।

प्रतिनिधिसभाको बैठकमा आज बोल्दै सांसद थापाले स्वतन्त्र निष्पक्ष निर्वाचन अनिवार्य सर्त भएको बताएका छन् ।  महामन्त्री थापाले  गल्तीलाई समयमै सच्यायो भने त्यो गल्तीको दुष्प्रभावबाट जोगिन सक्ने सरकारलाई सुझाव दिएका छन् । 

उनले भने,' त्यसैले आफूले गरेको गल्तीलाई समयमै सच्यायो भने त्यो गल्तीको दुष्प्रभाव हामीले भोग्नु पर्दैन । निर्वाचन आयोगको कार्यालय खारेजीलाई तत्काल सच्याउनको निम्ति म नेपाल सरकारसँग आग्रह गर्दछु ।'

महामन्त्री थापाले निर्वाचन आयोगको भूमिका सङ्कुचित पार्ने काम गर्न नहुने बताए । उनले भने,' स्वतन्त्र निष्पक्ष निर्वाचन अनिवार्य सर्त हो । निर्वाचन आयोगको भूमिका सङ्कुचित पार्ने काम गर्‍यो भने निर्वाचनको निष्पक्षतालाई कमजोर पार्छ । यो पटक बजेटमा भएको जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने र यसको काम जिल्ला प्रशासनमा सार्ने यो काम यदि भयो भने यसले निर्वाचनको आयोगको भूमिकालाई सङ्कुचित पार्छ ।'

संविधानले निर्वाचनका निम्ति मतदाताको नामावली सङ्कलन गर्ने काम निर्वाचन आयोगलाई नै दिएको महामन्त्री थापाले बताए । उनले भने,' जिल्ला प्रशासनले गर्ने काम प्रकारान्तर कार्यकारीको हस्तक्षेपबाट मुक्त हुन सक्दैन । यो संविधान सम्मत पनि छैन । हाम्रो संविधानले निर्वाचनका निम्ति मतदाताको नामावली सङ्कलन गर्ने काम निर्वाचन आयोगलाई नै दिएको छ ।

१५ करोड रुपैयाँ बचत गर्नको लागि  निर्वाचनको निष्पक्षतामा सम्झौता गर्नुपर्न अवस्थामा हामी पुगिसकेको हो त ? भनी थापाले प्रश्न समेत गरेका छन् ।  उनले भने, 'अर्को तर्फ खर्च कटौतीको कोणबाट हामीले यसलाई हेरेको हो भने वर्षमा अधिकतम १५ करोड रुपैयाँ भन्दा बेसी बचत हुने देखिँदैन । के १५ करोड रुपैयाँ बचत गर्नको लागि निर्वाचनको निष्पक्षतामा सम्झौता गर्नुपर्न अवस्थामा हामी पुगिसकेको हो त ? मलाई यस्तो लाग्दैन । तर, सरकारले हुलमुलमा आयोगहरू कटौती गर्दै गर्दा निर्वाचन आयोगको कार्यालय कटौती गर्दा यथेष्ट ध्यान पुर्याएन भन्ने मलाई लाग्छ ।'


प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP