prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • प्रधानमन्त्रीको रुपमा मैले पाउने तलबबाट घरायसी खर्च धानिँदैन : खान
प्रधानमन्त्रीको रुपमा मैले पाउने तलबबाट घरायसी खर्च धानिँदैन : खान
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ १७, २०७६ बागेश्वरी पोस्ट
प्रधानमन्त्रीको रुपमा मैले पाउने तलबबाट घरायसी खर्च धानिँदैन : खान
पाकिस्तानी प्रधानमन्त्री इमरान खान

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले केही दिन अघि आफ्नो तलबबाट घरायसी खर्च धान्न नसकेको बताएका थिए ।

हालै व्यवसायिक क्षेत्रका व्यक्तिसँगको एक अन्तर्वार्तामा खानले भनेका थिए- ‘हामीले प्रधानमन्त्रीको घरायसी खर्चमा ४० प्रतिशतले कटौती गरेका छौं । म आफ्नै घरमा बस्छु, आफ्नो खर्च आफैं व्यहोर्छु । प्रधानमन्त्रीको रुपमा मैले पाउने तलबबाट घरायसी खर्च धानिँदैन ।’

सो अवसरमा खानले विदेश भ्रमणमा आफूले यसअघिका प्रधानमन्त्रीले भन्दा १० गुणा कम खर्च गरेको बताएका थिए । साथै वर्ल्ड इकोनोमिक फोरमको बैठकका लागि डाभोस जाँदा आफूले हालसम्मकै कम खर्च गरेको बताएका थिए । साथी तथा व्यापारी इकराम सेहगल र इमरान चौधरीले उक्त भ्रमणको खर्च प्रायोजन गरेकाले भ्रमण कम खर्चिलो भएको उनको भनाइ थियो ।

पाकिस्तानी प्रधानमन्त्रीको तलबबारे यसपटक पनि सार्वजनिकरुपमा चर्चा हुने गरेको थियो । गत वर्षको एक समाचार अनुसार प्रधानमन्त्रीको तलब संघीय तथा प्रान्तीय मन्त्रीको भन्दा कम रहेको छ ।

समाचार अनुसार सन् २०१९ को तलबी विवरण हेर्दा प्रधानमन्त्रीले मासिक २ लाख १५ सय ७४ पाकिस्तानी रुपैयाँ पाउने उल्लेख छ । तर उक्त तलब कर तथा अन्य खर्च कटौतीपछि १ लाख ९६ हजार ९ सय ७९ मा झरेको छ ।

प्रधानमन्त्रीको तलब कम भएको चर्चासँगै सञ्चार माध्यममा खानको तलब बढ्न लागेको समाचार छापिएको थियो । प्रधानमन्त्रीको रुपमा खानले पाउने तलब बढाएर झण्डै ८ लाख रुपैयाँले बढाउने समाचारमा उल्लेख गरिएको थियो ।

तर प्रधानमन्त्री कार्यालयले खानको तलबमा कुनै वृद्धि नहुने प्रस्ट पारेको छ ।

प्रधानमन्त्री कार्यालयले खानको तलब बढाएर ८ लाख पुर्‍याउन लागेको समाचारलाई एक प्रेस विज्ञप्ति जारी गरी खण्डन गरेको छ ।  प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा तलब बढ्न लागेको समाचार ‘आधारहीन’ र ‘दुःखद’ भएको उल्लेख छ ।

‘प्रधानमन्त्री खानले सरकारी खर्च कटौती गर्ने अभियान आफैंले सुरु गरी तीव्रता दिइरहेका बेला यस्तो आधारहीन र कपोकल्पित खबरहरु बाहिर आउनु दुःखद हो’, विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  १३:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP