नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विपत जोखिम न्यूनीकरणका लागि जिम्मेवार ढंगले काम गरिरहेका छौं-विष्ट
विपत जोखिम न्यूनीकरणका लागि जिम्मेवार ढंगले काम गरिरहेका छौं-विष्ट
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार ७, २०८० बागेश्वरी पोस्ट
विपत जोखिम न्यूनीकरणका लागि जिम्मेवार ढंगले काम गरिरहेका छौं-विष्ट

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले विपत जोखिम न्यूनीकरणका लागि गम्भीर र जिम्मेवार ढंगले काम गरिरहेको बताएका छन् ।

विष्टले सम्भावित विपतको पहिचान गरी पूर्व तयारी गर्नेदेखि शिघ्र प्रतिकार्यका लागि नेपालगञ्ज उपमहानगरपालिका योजनाबद्ध ढंगले अघि बढेको बताए । उनले नीति, योजना, कानुन निर्माणदेखि कार्यान्वयनको पाटोलाई व्यवहारिक बनाउन द्रुत गतिमा काम गरिरहेको बताए । 

युनिसेफको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको विपत जोखिम न्यूनीकरण तथा मनसुन पूर्व तयारी सम्बन्धि कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले विपतका सवालहरुलाई आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेटमा पनि प्राथमिकता दिइएको उल्लेख गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले दक्षिण कोरिया भ्रमणको अनुभव प्रस्तुतिकरण गरेका थिए ।

उनले कोरियामा सहर उत्थानशील कार्यक्रमको सिकाई अनुभव बताएका थिए । केही समय अगाडि उपमहानगरपालिकाबाट नगर प्रमुख विष्ट, प्रमुख प्रशासकीय अधिकृत रिजाल लगायतको टोली कोरिया भ्रमणमा गएको थियो। 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँकेका उपनिर्देशक दोलख डाँगीले विपत जोखिम न्यूनीकरण तथा आपतकालीन प्रतिकार्यमा स्थानीय तह र वडास्तरको भूमिका र जिम्मेवारी र परामर्शदाता लोकेन्द्र भट्टले नेपालगञ्ज उपमहानगरपालिकाले तयार पारेको स्थानीय विपत तथा जलबायु उत्थानशील योजनाको प्रस्तुतिकरण गरेका थिए ।

वातावरण शाखा प्रमुख प्रकाश डिसीले विपद व्यवस्थापनमा नेपालगञ्ज उपमहानगरपालिकाले गरेका प्रयासहरुबारे जानकारी गराएका थिए । विषयगत क्षेत्र तथा वडास्तरको योजना तर्जुमामा समावेश गर्न सकिने योजनाहरुको ढाँचाका विषयमा आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, युनिसेफ प्रतिनिधि लगायत उपस्थित थिए ।


प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
शीतलहरले तराईको जनजीवन कष्टकर
शीतलहरले तराईको जनजीवन कष्टकर
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP