prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धनले चित्त नबुझ्ने काम गरे सरकार फेरिन्छ: गगन थापा
गठबन्धनले चित्त नबुझ्ने काम गरे सरकार फेरिन्छ: गगन थापा
banijya office
बागेश्वरी पोस्ट
शनिबार, असार ९, २०८० बागेश्वरी पोस्ट
गठबन्धनले चित्त नबुझ्ने काम गरे सरकार फेरिन्छ: गगन थापा
फाइल फोटो

नेपालगन्ज । सत्ता गठबन्धनले चित्त बुझ्ने गरी काम नगरे गठबन्धन फेरिने नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । 

nepalgunj 081-082

आज  काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धनले चित्त बुझ्ने गरी काम गर्नुपर्नेमा जोड दिएका हुन् । गठबन्धन ठीक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्ने कुरा नौलो नभएको थापाले बताए ।  नेपाली काँग्रेसले सरकार छोड्नुपर्छ की भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको महामन्त्री थापाले बताए । 

सरकार छोड्न परे पनि नडराइकन एक्लाएक्लै चुनाव लड्न काँग्रेसले सक्नुपर्ने उनले बताए । महामन्त्री थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको जिकिर गरे । 

उनले समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिष्टहरु एकै ठाउँमा भए पनि काँग्रेसलाई फरक नपर्ने बताए । उनले संसदमा समानुपातिक निर्वाचन प्रणाली नराख्न आग्रह गरे । 

उनले भने, ‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, काँग्रेस छोड्दिन भन्छ भने आज हामी सरकार गए जाओस् भन्न नसक्ने रु जाओस् न त सरकार । ५ वर्ष जाओस्, १० वर्ष जाओस् । हेर्दा सानो देखिन्छ । हामीले प्रायश्चित गर्नैपर्छ की हामीले हाम्रो सरकार नबन्ला, अरुको सरकार बन्ला भन्ने डरले चुनावअघि नै गठबन्धन गर्यौँ । चुनाव पछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो । हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ भइराख्छ । तर, चुनाव अघि हामी सरकार छोड्नुपर्छ भनेर चुनावमा लागेको एउटा व्यक्ति ज्यान गुमाउन तयार छ तर सरकार गुमाउन तयार भएनौँ । के हुन्थ्यो कम्युनिष्ट पार्टी मिलेर ? १० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ काँग्रेस, नजिते चकेटीमा बस्छ, के बिग्रिन्छ । अब नेपाली काँग्रेसले छलफल गर्ने बेला आएको छ । यो गठबन्धन, जताततै प्रदेशमा तलमाथि सबैतिर गठबन्धन किन भइरहेको छ ? यसको एउटा कारण भनेको हाम्रो निर्वाचन प्रणाली हो । हामीले यस्तो निर्वाचन प्रणाली किन बनायौँ ? मिसिएको निर्वाचन प्रणाली हामीले संसद समावेशी बनाउन बनाएका हौँ । हाउस समावेशी बनाउने अरु तरिका पनि छन् । हाम्रो हाउस समावेशी बनाऔँ, तर निर्वाचन प्रणाली बदलौँ । अब यो समानुपातिक निर्वाचन प्रणाली कम्तीमा लोअर हाउसमा नराखौँ । महिला, दलित, मधेसी कसरी जाने भन्न सकिन्छ, महिलाका लागि निर्वाचन क्षेत्र तोकौँ । सकिन्छ नि । समाजका समस्याको चिन्तनका केन्द्रमा नेपाली काँग्रेसलाई ल्याउनुपर्छ । काँग्रेसले आकर्षण गरोस् ।’

महामन्त्री थापाले समाजका समस्याको चिन्तनका केन्द्रमा नेपाली काँग्रेसलाई ल्याउनुपर्ने बताए । नेता थापाले विद्यार्थी नेताहरुलाई कसैलाई पनि कालोमोसो दल्ने वा कुटपिट गर्ने काम नगर्न निर्देशन दिएका छन् । उनले पहिलेको भन्दा अहिलेको राजनीतिक शैलीमा परिवर्तन आएको भन्दै यदि कांग्रेसको नेता बन्छु भनेर अगाडि बढिरहेको हो भने अब कुनै विद्यार्थी नेताहरुले कसैलाई कालोमोसो दल्ने काम गर्न नहुने बताए । उनले नेपालको राजनीतिमा गलत संस्कार बसेको भन्दै यस्तो संस्कारको पनि अन्त्य हुनुपर्नेमा जोड दिए । 

देशव्यापी रुपमा रुपान्तरणका रुपमा रुखका हाँगाबिगा काँटछाँट गर्नुपर्ने पनि उनले बताए । उनले हावाहुरीले पात पतिंगर झारेको भन्दै त्यसलाई एकै ठाउँमा भेला गरेर रुख वरिपरि राखेर फेरि रुखलाई हरक्क पार्नुपर्ने बताए । उनले कांग्रेस बनेमात्र देश बन्ने भन्दै सबैलाई कांग्रेसको रुपान्तरणको अभियानमा सहभागी हुन आग्रह गरे । उनले देशको राजनीतिक परिपार्टीमा बदलाव ल्याउन जरुरी रहेको भन्दै एउटा व्यक्ति एक वा दुई पटक कति पटक प्रधानमन्त्री बन्न पाउने हो त्यो लेखिनुपर्नेमा जोड दिए । 


प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १३:३५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP