prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • वैजनाथ गाउँपालिकामा नेपाल स्वयंसेवी रक्तदाता समाज उपशाखा गठन 
वैजनाथ गाउँपालिकामा नेपाल स्वयंसेवी रक्तदाता समाज उपशाखा गठन 
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार १४, २०८० बागेश्वरी पोस्ट
वैजनाथ गाउँपालिकामा नेपाल स्वयंसेवी रक्तदाता समाज उपशाखा गठन 

नेपालगञ्ज । बाँकेको वैजनाथ गाउँपालिकामा आज गाउँपालिका स्तरीय नेपाल स्वयंसेवी रक्तदाता समाज उपशाखा गठन गरिएको छ । “रक्तदान जीवनदान” भन्ने नाराका साथ देरभर क्रियाशील समाजको उपशाखा वैजनाथमा गठन गरिएको हो ।

nepalgunj 081-082

वैजनाथ गाउँपालिका वडा नम्बर २ मा भएको स्थानीयबासीहरुको भेलाले सुरेन्द्र विकको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । उक्त समितिको उपाध्यक्षमा दिपक कार्की, सचिवमा सोनुसिंह विक, कोषाध्यक्षमा उषा थापा मगर र सहसचिवमा हेमन्त ओली चयन भएका छन् । यस्तै सदस्यहरुमा सपना ओली, वीर बहादुर थारु, सन्दीप खप्तडी, कृष्णसिंह ठकुरी, सिताराम खत्री रहेका छन् । त्यसैगरी सल्लाहकारहरुमा वैजनाथ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु रुचाल ठकुरी, जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदी, शेरबहादुर बस्नेत, अगन मल्ल, यज्ञ पुन, एकता शाह, भूमिसरा थापा, सितादेवी विश्वकर्मा र भूपाल शर्मा चयन भएका छन् । 

No description available.

सो अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य गोविन्द वाग्लेले समाजले रगतको अभावमा कसैले जीवन गुमाउन नपरोस् भनेर देशभर रक्तदान अभियानलाई वृहत बनाउन शुरु गरेको बताए । विगत १८ वर्षदेखि त्रैमासिक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जनमत अद्र्धसाप्ताहिकका सम्पादक तथा समाजका सल्लाहकार पूर्णलाल चुकेले कसैको एक पिन्ट रगतले कसैको ज्यान बच्छ र नयाँ जीवन पाउँछ भने रक्तदानको यो महान अभियानमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

वडा नम्बर २ का वडाअध्यक्ष राजु रुचाल ठकुरीले निर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै बैजनाथ गाउँपालिकामा दुई वर्षअघि राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सम्पन्न वृहत रक्तदान कार्यक्रममा ३ सय ४५ जनाले रक्तदान गरेर नेपालमै अहिलेसम्मको नयाँ कीर्तिमान कायम गरेको स्मरण गराए । उनले अब वैजनाथ गाउँपालिकामै नेपाल स्वयंसेवी रक्तदाता समाज उपशाखा गठन गरेर अभियानमा पुस्तान्तरण भएको र रक्तदान अभियानलाई निरन्तरता हुने विश्वास गर्दै वडा कार्यालयबाट पनि सहयोगको प्रतिवद्धता व्यक्त गरे । समाजका कोषाध्यक्ष मनमोहन वर्माले सञ्चालन गरेको उक्त भेलामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई समाजका केन्द्रीय सदस्य वाग्ले र सल्लाहकार चुकले अविर लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

बाँके जिल्लामा खजुरा गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारीमा यसअघि नै पालिका स्तरीय उपशाखा गठन भइसकेको छ भने अन्य बाँकी रहेका पालिकामा पनि क्रमिक रुपमा उपशाखा गठन गर्ने योजना रहेको समाजका अध्यक्ष दिला शाहले जानकारी दिइन् । 


प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १८:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
जानकी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
जानकी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
नेपालगन्जमा बन्यो मुलुककै पहिलो कुलिङ सेन्टर
नेपालगन्जमा बन्यो मुलुककै पहिलो कुलिङ सेन्टर
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP