prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरमा आपतकालीन कार्यसंचालन केन्द्र 
कोहलपुरमा आपतकालीन कार्यसंचालन केन्द्र 
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार १५, २०८० बागेश्वरी पोस्ट
कोहलपुरमा आपतकालीन कार्यसंचालन केन्द्र 

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले आजदेखि आपतकालीन कार्यसंचालन केन्द्र संचालनमा ल्याएको छ । विपद्को अवस्थामा तत्काल उद्दार, राहत र पुनःस्थापनमा सहजता होस् भन्ने उद्देश्यले आपतकालीन कार्यसंचालन केन्द्र संचालनमा ल्याइएको कोहलपुर नगरपालिकाका वातावरण शाखा प्रमुख सुभाष पौडेलले जानकारी दिए । 

nepalgunj 081-082

उक्त केन्द्रमा उद्दार सामग्री (लाइफ ज्याकेट, साइरन, बुट्स, लाइट्स) लगायत राखिएको छ । "नगर प्रहरीलाई समेत परिचालन गर्ने गरी केन्द्रलाई प्रभावकारी बनाइएको छ," उनले भने-""बाढी र डुबानको समयमा हुन सक्ने जोखिमलाई मध्यनजर गरेर तत्काल उद्दार, राहत र पुनःस्थापनाको तयारी गरिएको छ ।" बाढी पूर्व सूचना प्रणालीलाई पनि बलियो बनाइएको उनको भनाई छ । "सकेसम्म क्षती नै नहोस् भन्ने हो," उनले भन्नुभयो-"घटना घटिहाले पनि कम क्षती होस् भन्ने सवालमा सूचना प्रणालीले ठूलो भूमिका निर्वाह गर्नेछ ।" 

No description available.

कोहलपुरमा बर्खायाममा बाढी, जाडोमा शितलहर, गर्मीमा खडेरी र आगलागी मुख्य बिपद पहिचान भएका छन् । बर्खायाममा आउने बाढी र डुवानबाट कोहलपुर वडा नम्बर २ को वनखेत, विकासनगर, प्रेमनगर, पुष्पनगर, शक्तिनगर, कृष्णनगर, बर्दहवा, वडा नम्बर ५ को श्रीनगर र उदयपुर, वडा नम्बर ६ को सुतैया टोल, बालबिधा टोल र चन्दनाथ टोल जोखिम क्षेत्र पहिचान गरिएको छ । यस्तै वडा नम्बर ८ को मन्नापुर भकटी, पिपरी गाउँ, वडा नम्बर ९ को भवानीपुर, गणेश टोल, मधेसी टोल, समाबेशी टोल, बबई टोल र थारु टोल, वडा नम्बर १० को कालिकानगर वडा नम्बर ११ को मुक्तकमैया टोल पनि डुवानको जोखिम क्षेत्र पहिचान गरिएका छन् । 

यस्तै वडा नम्बर १२ को सुन्दर बस्ती, शान्ति टोल, मुसरी खेत, रामजानकी, रोहिणी, जानकी नगर,  स्कुल टोल र १३ नम्बर वडाको सिमरी झोलुङ्गे पुलको दायाँबायाँ, भरैया थारुगाउँ, खड्कवार नेरामाबी उत्तर बस्ती डुवानको जोखिम क्षेत्र पहिचान गरिएको छ । यी बस्तीका २ हजार ३४ घरधुरी बाढी र डुवानको उच्च जोखिममा रहेका छन् भने ८ हजार ८ सय ९२ जना प्रभावित हुने प्रक्षेपण गरिएको छ । 

आपतकालीन कार्यसंचालन केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख संगिता सुवेदीले केन्द्र संचालनपछि विपद्को अवस्थामा तत्काल उद्दार, राहत र पुनःस्थापनमा सहजता हुने बताइन् । उनले विपद व्यवस्थापनका लागि पूर्व तयारी आवश्यक रहेको पनि औंल्याए । वातावरण तथा विपद शाखा समिति समिति संयोजक पबित्रा थारुको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख पूर्णप्रसाद आचार्य, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर प्रहरी प्रमुख लगायतको सहभागिता रहेको थियो ।
 


प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
जानकी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
जानकी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
नेपालगन्जमा बन्यो मुलुककै पहिलो कुलिङ सेन्टर
नेपालगन्जमा बन्यो मुलुककै पहिलो कुलिङ सेन्टर
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP