Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीको करिब ८१ करोड बजेट सर्वसम्मत पारित
राप्तीसोनारीको करिब ८१ करोड बजेट सर्वसम्मत पारित
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार १७, २०८० बागेश्वरी पोस्ट
राप्तीसोनारीको करिब ८१ करोड बजेट सर्वसम्मत पारित

राप्तीसोनारी (बाँके) । राप्तीसोनारी गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट सर्वसम्मतले पारित भएको छ । गाउँसभाको १३औं अधिवेशनको दोस्रो बैठकले आज सर्वसम्मतले बजेट पारित गरेको हो । राप्तीसोनारीले करिब ८१ करोड रुपैयाँ बराबरको बजेट गाउँसभामा प्रस्तुत गरेको थियो । राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषासिंह थारुले असार १० गते पहिलो बैठकमा ८० करोड ९१ लाख २८ हजार रुपैयाँको बजेट गाउँसभाको १३औं अधिवेशनमा प्रस्तुत गरेकी थिइन् । त्यसअघि अध्यक्ष तप्तबहादुर पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम त्यसै दिन सर्वसम्मतले पारित भएको थियो ।

गाउँपालिकाले आगामी वर्षका लागि चालूतर्फ ६३ करोड ६ लाख २८ हजार र पूँजीगततर्फ १७ करोड ५८ लाख गरी कूल ८० करोड ९१ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको हो ।  राप्तीसोनारीले आगामी वर्षका लागि शिक्षातर्फ उल्लेखनीय बजेट विनियोजना गरेको छ  ।  शिक्षाका लागि मात्रै ३५ करोड ९ लाख ३० हजार रुपैयाँ विनियोजना गरिएको हो । यस्तै स्वास्थ्यमा ७ करोड ३९ लाख १७ हजार विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए । गाउँपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु विकास, पर्यटन, सामाजिक विकास लगायतलाई जोड दिएको अध्यक्ष पौडेलले बताए ।

कार्यपालिका सदस्यहरु लक्ष्मी थारु, कमला विक र मंगल वलीले शून्य समयमा बोलेका थिए । लेखा समिति संयोजक केशवराज दमाईले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए भने विधायन समिति संयोजक रामलखन थारुले विधायन समितिको प्रतिवेदन २०७९/८० प्रस्तुत गरेका थिए । यी दुबै प्रतिबेदन पनि सर्वसम्मत पारित भएको छ । उपाध्यक्ष थारुले असार १० गते गाउँसभामा प्रस्तुत गरेको न्यायिक समितिको प्रतिवेदन पनि पारित भएको छ । गाउँसभामा उपाध्यक्ष थारु, वडा नम्बर १ का वडा अध्यक्ष यमबहादुर खड्का, वडा नम्बर ३ का वडा अध्यक्ष मिनकुमार थारु, वडा नम्बर ४ का वडा अध्यक्ष मिनराज खड्का, वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारु, वडा नम्बर ६ का वडा अध्यक्ष लवराज खरेल, वडा नम्बर ७ का अध्यक्ष रामलखन थारु, ८ का अध्यक्ष शालिकराम डाँगी र ९ का अध्यक्ष सोहनलाल चौधरीले बोलेका थिए ।


प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP