नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीका १३८ युवायुवतीलाई सीपमूलक तालिम
राप्तीसोनारीका १३८ युवायुवतीलाई सीपमूलक तालिम
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार १८, २०८० बागेश्वरी पोस्ट
राप्तीसोनारीका १३८ युवायुवतीलाई सीपमूलक तालिम

नेपालगन्ज । राप्तीसोनारी गाउँपालिकाका नौ वटै वडाका १ सय ३८ जना युवायुवतीलाई एकैपटक विभिन्न आधारभूत सीपमूलक तालिम दिइएको छ । सीपमूलक तालिम दिएर आत्मनिर्भर गराउने उद्देश्यले एकैपटक ठूलो संख्यामा युवायुवतीलाई तालिम दिइएको हो ।

हातमा कुनै सीप नहुँदा आत्मनिर्भर हुन र रोजगारी पाउन समेत समस्या हुने भएकाले सीपमूलक तालिम प्रदान गरिएको लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना) ले बताइन् । ‘सोही समस्यालाई ध्यान दिएर आधारभूत तहको तालिम दिएका हौं,’ उनले भनिन् । सांसद केसीले आफ्नो संसद् विकास कोषबाट विनियोजन गरेको ४९ लाख रुपैयाँबाट तालिम दिइएको थियो । तालिम सञ्चालन भने जिल्ला घरेलु तथा साना उद्योग कार्यालय बाँकेले गरेको कार्यालय प्रमुख रमेशबहादुर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार मोबाइल मर्मत, सिलाइकटाई, कम्प्युटर, ब्युटिसियन र हाउस वाइरिङ तालिम सञ्चालन गरिएको थियो । वडा नम्बर १ का १५ जनालाई मोबाइल मर्मत, २ का १६, ३ का १७, ६ का १५ र ८ का १६ जनाले आधारभूत सिलाइकटाई तालिम पाएका थिए । त्यस्तै वडा नम्बर ४ का १६ जनालाई बेसिक कम्प्युटर, वडा नम्बर ५ का १७ र ९ का १६ जनालाई ब्युटिसियन तथा वडा नम्बर ७ का १५ जनालाई हाउस वाइरिङ तालिम दिइएको थियो । तालिममा सहभागीहरूलाई विभिन्न सामग्रीहरू समेत प्रदान गरिएको थियो । ‘सबै तालिमहरू सम्पन्न भइसकेका छन्,’ कार्यालय प्रमुख बुढाथोकीले भने, ‘तालिममा युवायुवतीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।’ नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा सीपमूलक तालिम सञ्चालनको लागि सांसद केसीले ७० लाख रुपैयाँ छुट्याए पनि २१ लाख रुपैयाँ भने फिर्ता भएको उनले जानकारी दिए ।

तालिममा सहभागीहरूले माथिल्लो तहको तालिमका लागि सांसद केसीलाई आग्रह गरेका छन् । ‘माननीयज्यूले हामीलाई तालिमको लागि बजेट छुट्याइदिएर ठूलो गुण लगाउनुभएको छ,’ सिलाइकटाई तालिममा सहभागीले भने, ‘हामीले आधारभूत तहको तालिम सिक्न पायौं । अब डिप्लोमा तहको तालिमको लागि बजेट छुट्याइदिनुहुन्छ भन्ने आशा राखेका छौं ।’ अधिकांश प्रशिक्षार्थीहरूले माथिल्लो तहको तालिम वडामा सिक्ने अवसर पाए आत्मनिर्भर र रोजगारीका लागि सहज हुने बताएका थिए । आधारभूत तहको तालिमले सबै कुरा गर्न नसकिने बताउँदै तालिममा सहभागी गीता थारूले डिप्लोमा लेवलका तालिमहरू भए अझै राम्रो हुने बताइन् ।

‘यो तालिमले हामीलाई धेरै कुरा सिकाएको छ । तर हामी अझै पूर्ण भएका छैनौं,’ उनले सांसद केसीसँग भनिन्, ‘माननीय सांसदज्यूले आगामी वर्ष डिप्लोमा तहको तालिमको लागि पहल गरिदिनुहुन्छ भन्ने हामीले अपेक्षा राखेका छौं ।’ केसीले आगामी वर्षमा एड्भान्स तालिमको व्यवस्था गरिने बताएकी छिन् । आधारभूत लेवलको तालिमले मात्र नहुने बताउँदै उनले थप माथिल्लो तहको तालिमको लागि पहल थालिएको बताइन् । ‘तपाईँहरू तालिममा सहभागीहरूकै माग अनुसार मैले आगामी वर्षको बजेटमा डिप्लोमा तहको तालिमको लागि बजेट छुट्याउँछु,’ सांसद केसीले भनिन्, ‘तपाईँहरूले पनि अहिले सिकेको सीप त्यतिबेलासम्म बिर्सिने काम नगर्नुहोला ।’

आफूले सिकेको सीप अनुसार सामानहरू समेत पाइएकोले त्यसलाई घरमा प्रयोगमा ल्याउनका लागि उनले सबैलाई सुझाव दिइन् । आधारभूत तालिम सिकेकाहरूलाई अन्य विभिन्न निकायमा हुने तालिममा समेत सहभागी गराउने आफ्नो प्रयास हुने सांसद केसीले बताइन् । ‘कोहलपुर, नेपालगन्ज लगायतका स्थानमा केही संख्यामा तालिमहरू भइरहेका हुन्छन् । थप तालिमका लागि म त्यहाँ पनि पहल गर्छुँ,’ उनले भनिन्, ‘केही परेमा मलाई मेरो नम्बरमा फोन समेत गर्नुहोला । म तपाईँहरूलाई सक्ने जति सहयोग गर्न तयार छुँ ।’


प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
शीतलहरले तराईको जनजीवन कष्टकर
शीतलहरले तराईको जनजीवन कष्टकर
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP