prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • उपचार खर्च आफैंले तिर्ने भनेका राष्ट्रपतिलाई सरकारबाट ५५ लाख रुपैयाँ
उपचार खर्च आफैंले तिर्ने भनेका राष्ट्रपतिलाई सरकारबाट ५५ लाख रुपैयाँ
banijya office
बागेश्वरी पोस्ट
बुधबार, असार २०, २०८० बागेश्वरी पोस्ट
उपचार खर्च आफैंले तिर्ने भनेका राष्ट्रपतिलाई सरकारबाट ५५ लाख रुपैयाँ

नेपालगन्ज । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार बापतको खर्च आफैंले बेहोर्ने भनेर विज्ञप्ति जारी गराएपनि उक्त सरकारले बेहोर्ने भएको छ । 

nepalgunj 081-082

उपचारमा खर्च भएको ५५ लाख रुपैयाँ सरकारले नै बेहोर्ने भएसँगै उक्त रकम भुक्तानी गरिदिन परराष्ट्र मन्त्रालयले सोमबार अर्थ मन्त्रालयलाई पत्र लेखेको छ । 

परराष्ट्र सचिवस्तरीय निर्णयअनुसार सोमबार परराष्ट्रले अर्थ मन्त्रालयलाई पत्र पठाएको हो । सरकारको यो निर्णयपछि सामाजिक सञ्जालमा राष्ट्रपतिको चर्को आलोचना भएको छ । 

तर सरकारको भने कम आलोचना भएको छ । 

राष्ट्रप्रमुखको खर्च प्रायः सरकारले नै बेहोर्ने भए पनि राष्ट्रपति पौडेलले स्वास्थ्योपचार खर्च आफैँले बेहोर्न चाहेको भन्दै उनको स्वकीय सचिवालयले जनाएको थियो । तर राष्ट्रपतिको तर्फबाट उपचार खर्च तिर्ने पहल भएको थिएन ।

पौडेल गत बैशाख ६ गते स्वास्थ्य परीक्षणका लागि श्री एयरलाइन्सको विमान चार्टर्ड गरेर भारत गएका थिए । उनी त्यहाँ १० दिन उपचार गराई बैशाख १७ गते नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्केका थिए । 

उक्त अवधिमा लागेको खर्चको बिल भर्पाइ भुक्तानीका लागि पेस भएको भन्दै परराष्ट्रले खर्चका लागि यसअघि अर्थको सहमति मागेको थियो । 

उक्त खर्च रकम स्वास्थ्य उपचारलगायतको खर्चका लागि प्रचलित कानून तथा स्वीकृत मापदण्डबमोजिम खर्च गर्न भन्दै अर्थ मन्त्रालयले परराष्ट्रलाई गत ११ गते सहमति दिएको थियो ।

सोही सहमति अनुसार खर्च रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख २ हजार २७९ रुपैयाँ निकासा गरिदिन परराष्ट्रले पत्राचार गरेको हो । 

बैशाख १९ गते राष्ट्रपतिका तर्फबाट प्रेस संयोजक प्रेस विज्ञप्ति जारी गरेर उनको उपचारमा लागेको खर्च आफैँले तिर्न चाहेको उल्लेख गरेका थिए । 

त्यतिबेला पनि तिर्न चाहनु र तिर्नुमा फरक हुने भन्दै विभिन्न खाले टिप्पणी भएका थिए । 

तर यसपटक खर्च नै सबै सरकारले बेहोर्ने फेहरिस्त आइसकेपछि फेरि एक पटक राष्ट्रपतिको आलोचना भएको छ । 

छायाँमा पर्दै उनका राम्रो कामका कदम, देखिँदै गलत प्रवृत्ति 

गत वर्षको फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलको सादगीपनको प्रशंसा भएको थियो । 

उनले जनतालाई बिना कारण दुःख दिनु हुन्न भन्ने हेतूले जहाँ गए पनि सडक नरोकि निर्वाध रुपले चल्न दिने नीति बनाएसँगै उनको प्रशंसा भयो । 

राजधानीबासी यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबाट आजित थिए । उनले संस्था स्वीकारेपछि आदर पनि गर्नुपर्छ भन्ने भनाइ खुलेआम सञ्चारमाध्यममै भनेकी थिइन्। त्यसलाई प्रत्यक्ष नियालेका रामचन्द्रले आफ्नो कार्यकालमा पहिलो सुधार गरेका थिए । 

तर त्यसपछि भने उनी पाँच पटक बिमार भएर अस्पताल भर्ना भइसकेका छन् । उनलाई स्वास्थ्यले त्यति साथ दिएको छैन । उपचार भइसकेकाले अब कुनै समस्या नपर्ने आशा गर्न सकिन्छ । 

तर उनको आलोचना तब भयो जतिबेला उनले जेठ १४ गते तीनै तहका अदालतले हत्याका दोषी भनी फैसला गरेर जन्मकैद सजाय भएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा सजाय माफी गरिदिए । जबकि सर्वोच्च अदालतको पूर्णपाठसमेत आइसकेको थिएन । 

त्यसको लगत्तै जेठ १७ गते उनले गत साल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी त्यत्तिकै थन्काएको नागरिकता विधेयकलाई सोही कागजमा प्रमाणीकरण गरे । 

आफू कसैको दबाबमा नपरी संविधानअनुसार चल्ने भनी शपथ आएको दिनमै प्रण गरे पनि उनी राजनीतिक प्रभावमा चलिरहेका छन् भन्ने यसले देखाउँदै गएको भन्दै सामाजिक सञ्जालहरुमा उनको ब्यापक आलोचना भइरहेको छ । 

 


प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०८:३८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP