नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एक वर्षपछि कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
एक वर्षपछि कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार २७, २०८० बागेश्वरी पोस्ट
एक वर्षपछि कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं  । एक वर्षपछि नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आजदेखि बस्दैछ ।

एक वर्षपछि पहिलो पटक बस्न लागेको बैठकमा एजेन्डाहरु विभिन्न भए पनि तीभन्दा पनि एक वर्षमा हुन लागेको बैठक नै सबैभन्दा ठूलो एजेन्डा भएको भन्दै केन्द्रीय सदस्यहरु बैठकमा सहभागी हुन आतुर देखिएका छन् । 

हुनत काँग्रेसको विधानमा प्रत्येक दुई महिनामा केन्द्रीय कार्यसमिति बैठक बस्ने उल्लेख छ  । तर, आम निर्वाचनसँगै सत्ताको संघर्षका कारण बैठक बस्न सकेको छैन । जसका कारण केन्द्रीय सदस्यहरु जिम्मेवारीविहीन छन् । 

सभापति शेरबहादुर देउवाले विधानको मर्ममाथि प्रहार गर्दासमेत संस्थापन इतर समूहले केही गर्न सक्ने अवस्था रहेन । पटकपटक संस्थापन इतरका नेताहरुले केन्द्रीय समिति बैठक डाक्न आग्रह गरेका भए पनि त्यसलाई देउवाले प्राथमिकता दिएनन् । 

यसपालि भने महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुको भेला डाकेपछि भने सभापति देउवा केन्द्रीय कार्यसमिति बैठक डाक्न वाध्य भएका हुन् । 

सामान्यतया आजको बैठकका मुख्य एजेन्डा तय भइसकेका भए पनि त्यसलाई अहिले बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बसेर अन्तिम रूप दिइनेछ । 

एजेन्डामा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँडका बारेमा भने मौन रहेको स्रोतले बताएको छ । उनलाई निलम्बन गर्नुपर्ने पक्षमा सभापति देउवा छैनन् ।

संस्थापन इतरका नेताहरुले भने पक्राउ परेदेखि नै निलम्बन गर्न आग्रह गर्दै आएका थिए । निलम्बन नगर्दा पार्टीले भ्रष्टाचारलाई सघाएको हुने धारणा राख्दै कारबाही गर्न माग गरिएको थियो । यद्यपि भ्रष्टाचारका विषयमा र सरकारमा गएका मन्त्रीहरुको प्रस्तुतिका बारेमा केन्द्रीय समिति बैठकमा ब्यापक चर्चा हुने नेताहरुले बताएका छन् । 

बैठक आज दिउँसो १ बजे सनेपामा बस्ने भएको हो ।


प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP