prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कालिकोटको सिमासम्म पुग्यो कर्णाली प्रदेश जोड्ने सडक
कालिकोटको सिमासम्म पुग्यो कर्णाली प्रदेश जोड्ने सडक
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ २२, २०७६ बागेश्वरी पोस्ट
कालिकोटको सिमासम्म पुग्यो कर्णाली प्रदेश जोड्ने सडक
फाइल फोटो

सुर्खेत ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट कर्णालीका विभिन्न जिल्ला जोड्ने सडकको काम अहिले धमाधम चलिरहेको छ। सदरमुकाम दैलेख बजारको मध्यभाग हुँदै कालिकोट र जुम्ला जोड्ने त्रिदेशीय सडकको कामलाई तीव्र पारिएको छ।

दैलेख खण्डको भागमा रहेको कुसापानीदेखि बेहुलीको लेकसम्मको सडक खोल्ने काम सकिएको छ। कालिकोटको सिमानासम्म सडकको कच्ची मार्ग खोल्ने क्रम सकिएको छ। सुर्खेत हुँदै दैलेखको तल्लो ढुगेश्वर, दुल्लु भैरवी हुँदै कालिकोट जिल्ला जोड्ने सडकलाई प्रदेश सरकारले त्रिदेशीय सडक भनेर गत वर्षदेखि निर्माण शुरु गरेको हो। दैलेखको सिमाना कुसापानी व्याउलीको लेक हुँदै कालिकोटको पानतडीमा जोडिने तयारी थालिएको उक्त सडकको दैलेख खण्डको बाँकी रहेको काम सकिएको हो।

ठेक्कामार्फत सञ्चालन हुने कामको गुणस्तर कायम गर्ने र प्रभावकारी सडक निर्माणका लागि जनप्रतिनिधिले नै सडकको प्रत्यक्ष अनुगमन गरिएको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले जानकारी दिए। तत्कालीन सिञ्जा र दुल्लु राज्य हुँदा मानिस यही बाटोबाट आवतजावत गर्ने गर्थे। यो वर्ष दैलेखको सिमानासम्म काम भइसकेको र बाँकी रहेको करीब ३० किलोमिटर सडक सञ्जालमा जोडिएको खण्डमा कालिकोटको पानतडीमा कर्णाली राजमार्ग भेटिने छ।

सडक सञ्चालनमा आए दैलेखको मध्यभागका बासिन्दालाई आवतजावतमा निकै सहयोग पुग्ने बुढाले बताए। कामको रेखदेख हरेक वडा नजिक पर्ने स्थानमा पालिकाका सबै वडाध्यक्षमार्फत गरिएको छ। करीब १० मिटर सडक चौडा गर्ने क्रममा कतिपय स्थानीयवासीको घर, बार्दली फाल्नुपर्ने अवस्था आएपछि जनप्रतिनिधिको रोहवरमा सहजीकरण गर्दै सडक निर्माण प्रभावकारी बनाउन आफूहरू लागेको भैरवी गाउँपालिका–४ का वडाध्यक्ष वीरेन्द्र शाहीले बताए।

गत वषर्देखि कामले तीव्रता पाएको यो सडकमा प्रदेश सरकारले आठ करोड यो वर्ष विनियोजन गरेको छ। सांसद राजबहादुर बुढाले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत दुई करोड रकम विनियोजन गरेपछि ठेक्कामार्फत काम शुरु भएको हो । दुई लेनको सडक विस्तार भए दैलेख सदरमुकामको मध्यभाग हुँदै कालिकोट जुम्ला जाने यात्रुका लागि निकै सहज हुने देखिएको छ। दैलेख सदरमुकामको पश्चिमी भागबाट कर्णाली राजमार्ग सञ्चालन भएको १० वर्ष बढी भइसकेको छ। कर्णाली राजमार्गलाई केही समयअघि ‘मृत्युमार्ग’ भनेर परिचय दिनुपर्ने अवस्था थियो, अहिले पनि राजमार्गको स्तरोन्नति हुन नसकेका कारण समस्या कायमै छ।

यही सडकबाट अहिले पनि निकै कष्ट गरेर यात्रुले यात्रा गर्नुपर्ने बाध्यता छ। दैलेख सदरमुकाम दैलेख बजारदेखि माहावु हुँदै कालिकोट जुम्ला जोड्ने सडक कालिकोटको सिमानासम्म पुगिसकेको छ। यो सडक पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण सडक मानिन्छ। यही सडकलाई सङ्घीय सरकारले मुख्य प्राथमिकतामा राखेर चीन नाग्चेनाग्लासम्म पुग्ने सडकका रूपमा विस्तार गरेको छ।

दैलेख सदरमुकाम महावु जोड्ने सडकको स्तरोन्नति अहिलेसम्म भएको छैन। अहिले विस्तार गर्न थालिएको दुल्लु–भैरवी हुँदै कालिकोट पुग्ने सडक मध्यभाग भएर कालिकोट हुँदै जुम्ला जोड्ने तयारी प्रदेश सरकारले थालेको छ। दैलेखका तीनवटै स्थानबाट सडक सञ्चालन हुन सके सिङ्गो दैलेख सदरमुकामको आर्थिक अवस्था सुधार हुनुको साथै तीनवटै स्थानमध्ये पायक पर्ने स्थानबाट यात्रुलाई समेत सुरक्षित यात्राका लागि सहज हुने देखिन्छ। (सेतोपाटी/ राससका लागि नरबहादुर रिजाल)


प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १०:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP