नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर खानेपानीमा टेकनारायण भुषाल प्यानलको उम्मेद्वारी घोषणा
कोहलपुर खानेपानीमा टेकनारायण भुषाल प्यानलको उम्मेद्वारी घोषणा
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन २, २०८० बागेश्वरी पोस्ट
कोहलपुर खानेपानीमा टेकनारायण भुषाल प्यानलको उम्मेद्वारी घोषणा

रामबहादुर रावत/ कोहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत तथा उपभोक्ता संस्थाको आगामी नेतृत्वका लागि नेपाली काँग्रेसको तर्फबाट टेक नारायण भुषालको नेतृत्वमा प्यालन सहित उम्मेद्वारी घोषणा गरिएको छ । 

नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले आयोजना गरेको उम्मेद्वारी घोषणा सभाबाट अध्यक्षमा टेक नारायण भुषाल, उपाध्यक्षमा बिरबहादुर विष्ट, सचिवमा गोविन्द वाग्ले, कोषाध्यक्षमा धुव्र आचार्य, सह–सचिवमा ईश्वर शर्मा, सह–कोषाध्यक्षमा बालकुमारी सापकोटा, सदस्यहरुमा झग्गु वली, गंगा सापकोटा तथा चक्रदिप शाह रहेका छन् । 

नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले जनतालाई सहज रुपमा खानेपानी उपलब्ध गराउनका लागि सक्षम नेतृत्व आवश्यकता परेको भन्दै भुषाल नेतृत्वको पुरै प्यालनलाई बिजय गराउन सबैमा अनुरोध गरेका छन् । साथै उनले स्वच्छ, सफा र नियमित रुपमा खानेपानी कोहलपुरका जनताको घरदैलोमा पु¥याउन सक्षम यूवा टिमलाई बिजय गराउन कोहलपुर खानेपानीका उपोक्ताहरुलाई अनुरोध गरेका छन् । 

कोहलपुरका नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर खानेपानी संस्थाको टिमसँग स्थानीय सरकारले सहकार्य गरी कोहलपुरका जनतालाई स्वच्छ पानी उपलब्ध गराउने प्रतिद्धता जनाउँदै भुषाल नेतृत्वको टिमलाई निर्वाचित गराउन आग्रह गरेका छन् । 

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डे, नेपाली काँग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति पोषण केसी, नेपाली  काँग्रेस क्षेत्र नं. १ (ख) का सभापति बलराम शर्माले नेपाली काँग्रेसले सर्वसम्मत निर्णय गरी तय गरेका उम्मेद्वारहरुलाई निर्वाचित गराउन सबैमा अनुरोध गरेका छन् ।

अध्यक्षका उम्मेदवार भुषालले जनताको घर–घरमा सहज, सरल तथा नियमित खानेपानी उपलब्ध, संस्थामा सुशासन, पारदर्शिताका लागि यूवा टिमलाई निर्वाचित गराउन आम उपभोक्ताहरुमा अनुरोध गरेका छन् । 

कोहलपुर बृहत खानेपानी तथा उपभोक्ता संस्थाको आगामी नेतृत्वका लागि आफ्नो टिम कोहलपुर नगरभित्रको खानेपानी सम्बन्धि दिर्घकालिन समस्या समाधानका लागि आफ्नो टिम लाग्ने बताउँदै जनतालाई सरल, सहज र नियमित रुपमा स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिवद्धता सहित टिमलाई निर्वाचित गराउनका लागि भुषालेले अनुरोध गरेका छन् । 

नेपाली काँग्रेस कोहलपुर नगर सभापति बिरेन्द्रकुमार शाहले काँग्रेसको तर्फबाट उम्मेद्वार बनेकाहरुलाई निर्वाचित गराउनका लागि पार्टीका क्रियाशिल सदस्य, शुभेच्छुक संस्था लगायत कोहलपुर नगर भित्रका आम खानेपानी संस्थाका उपभोक्ताहरुलाई अनुरोध गरेका छन् ।

करिब ५२ सय उपभोक्ता भएको कोहलपुर बृहत खानेपानी तथा उपभोक्ता संस्थाको निर्वाचन साउन महिनाभित्र हुने भएको छ ।


प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP