नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्जको मुख्य नालाको पुलको निकास फराकिलो हुँदै
नेपालगन्जको मुख्य नालाको पुलको निकास फराकिलो हुँदै
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन ७, २०८० बागेश्वरी पोस्ट
नेपालगन्जको मुख्य नालाको पुलको निकास फराकिलो हुँदै

नेपालगञ्ज । नेपालगञ्जको सुर्खेतरोडस्थित मुख्य नालाको पुलको निकासलाई फराकिलो बनाउन निर्माण कार्य शुरु भएको छ । केही वर्ष अगाडि निर्माण भएको करिब ८–१० मिटरको नालाको चौडाई निर्माण गरिएपनि बीचको भाग (निकास) तीन मिटर मात्र बनाएपछि पानी थुुनिएर वर्षेनी नेपालगञ्ज नगर डुबानमा पर्ने समस्या अन्त्य गर्न अहिले नाला निर्माण थालिएको हो । पहिला निर्माण गर्ने कम्पनीको चरम लापरवाहीका कारण नाला फराकिलो भएपनि बीचको भाग तीन मिटरको साँघुरो बनाएका कारणले नेपालगञ्जबासीले सास्ती भोग्दै आएका थिए ।
 
प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारीको पहलमा उक्त समस्याका बारेमा केन्द्रीय स्तरसम्म पहल पश्चात निर्माण कार्य शुरु भएको स्थानीयबासीले बताएका छन् । सांसद तिवारीले नेपालगञ्ज–सुर्खेतरोड सडकखण्ड अन्र्तगत मुख्य नालाको निकासको चौडाईको अभावमा पानी थुनिएकाले पुललाई फराकिलो बनाएर निकासका लागि सम्वन्धित सरोकारवालासँग पुगेर पहल गर्दा कार्य शुभारम्भ भएको भन्दै खुशी व्यक्त गरिन् । 

संसाद तिवारीले भनिन्, “नेपालगञ्ज शहरको मुख्य समस्या ढल निकास र डुबानलाई दीर्घकालीनरुपमा समाधान गर्नुपर्दछ, त्यसका लागि मेरो तर्फबाट पहल भयो ।” स्थानीयको समस्या लिएर सांसद तिवारी सडक डिभिजन कार्यालय, क्षेत्रीय सडक डिभिजन, नेपाल सरकार अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालयसम्म पटकपटक पुगेपछि उक्त नालालाई चौडा बनाउन थालिएको हो  । 
तीन दिन अघि पुल चौडाई गर्नका लागि काम शुरु भएको सडक डिभिजन कार्यालय नेपालगञ्ज प्रमुख निरज शाक्यले बताए । उनका अनुसार नालाको चौडाई गर्नका लागि रु. ३२ लाख ५ हजार ४५२ को लागतमा कार्की सच्ची जेभी कन्स्ट्रक्सन नेपालगञ्जले ठेक्का लिएको छ । 
 


प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २१:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP