नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एक क्विन्टल सुनको अनुसन्धान राजनीतिक नेतृत्वतिर सोझिन थालेकै हो त ?
एक क्विन्टल सुनको अनुसन्धान राजनीतिक नेतृत्वतिर सोझिन थालेकै हो त ?
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन १५, २०८० बागेश्वरी पोस्ट
एक क्विन्टल सुनको अनुसन्धान राजनीतिक नेतृत्वतिर सोझिन थालेकै हो त ?
फोटो- सामाजिक सन्जालबाट

काठमाडौं । साउनको पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको १ क्विन्टल सुन बरामद प्रकरणले देशैभर नयाँ तरङ्ग ल्याएको छ ।

यस प्रकरणको अनुसन्धान राजनीतिक नेतृत्वतिर सोझिने संकेत देखिएको छ । नेपाल प्रहरीले अनुसन्धानको राडरमा राखेका चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङको पक्राउसँगै उनको राजनीतिक कनेक्सनले सुन अनुसन्धानको सुई माओवादी केन्द्रका नेताहरुतर्फ सोझिएको हो । 

माओवादीका नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र उनकी बहिनी र छोरासँग सम्बन्ध देखिएपछि अनुसन्धानको सुई त्यता सोझिएको हो । 

यद्यपि सुन प्रकरणमा उनीहरुको संलग्नताबारे यकिन भैसकेको छैन । सामाजिक सञ्जालमा दावासँग देखिएका तस्बिरले सम्बन्ध गहिरो रहेको प्रष्ट भएको छ । 

उनले काभ्रेपलाञ्चोकको नमोबुद्दबाट नेपाली नागरिकता लिएपछि बेल्जियम गएको र त्यहाँ पनि नागरिकता लिएपछि त्यही पासपोर्ट प्रयोग गरेर नेपालमा जडीबुटी र पर्यटनसँग सम्बन्धित कारोबार गरेको खुलेको छ । उनले नेपाली नागरिकताकै आधारमा नेपाली राहदानी पनि बनाएका थिए । 

राजनीतिक संरक्षणका कारण जोगिँदै आएका उनी दोहोरो नागरिकता र राहदानी लिएको स्रोतले जनाएको छ । उनी विवादमा आएपछि बैशाख ५ गते (१८ मार्च, २०२३) मा सिचुआन एअरलाइन्सको फ्लाइटबाट चीन गएका थिए ।  

त्यतिवेला प्रहरीले पनि उनको खोजी थालेको थियो । राजनीतिक संरक्षण पाएका उनी एक महीना चीनमा बसेपछि सुटुक्क नेपाल आएका थिए । दावा चीनबाट जेठ २० गते (२० मे, २०२३ ) नेपाल आएका थिए ।  

त्यसयता पनि उनी राजनीतिक पहुँचकै आधारमा नेपालमा आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको छ । पछिल्लो पटक सुन तस्करीमा संलग्न रहेको पाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताएका छन् ।

सुन तस्करीमा संलग्न रहेको प्रमाण भेटिएपछि दावालाई पक्राउ गरिएको महानिर्देशक ढुंगानाले जनाएका छन् । विभागको टोलीले साउन १४ मा काठमाडौँको ठमेलस्थित होटल भियनामा छापा मारेको थियो । होटलबाटै उनलाई पक्राउ गरेको हो । 

यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन् । दावा पक्राउ परेसँगै माओवादी नेताहरु वर्षमान पुन, ओनसरी घर्ती र नन्दबहादुर पुनसँगै डिनर गरेका तस्वीरहरु सामाजिक सञ्जालमा देखिएका छन् । 

प्रहरीले ७ पुस २०७६ मा काठमाडौँमा उपत्यकाका विभिन्न स्थानमा ‘सर्च एण्ड एरेष्ट’ अपरेशन चलाएर एकै दिन १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । 

त्यस क्रममा हाल सुन प्रकरणमा पक्राउ परेका दावा पनि अनुसन्धानको दायरामा तानिएका थिए । तर, उनी पक्राउ पर्न सकेनन् । 

साथै २०७९ साउन ११ गते पनि प्रहरीले त्यस होटलमा छापा मारेको थियो । ठगीको आरोपमा चार चिनियाँ नागरिकलाई पक्राउ गर्दा २६ वटा ल्यापटप, ४७२ वटा मोबाइल, एक लाख ९० हजार मूल्य बराबरको सिम कार्ड बरामद भएको थियो । 

त्यस क्रममा पनि उनी पक्राउ पर्नबाट जोगिएका थिए । अहिले भने राजश्वको टोलीले सन व्यवस्थापकको रुपमा पक्राउ गरेको छ । तर, राजनीतिक कनेक्सन देखिएमा अहिलेको अनुसन्धान अघि बढ्नेमा शंका रहेको अनुमान गर्न थालिएको छ । 

माओवादी नेताहरुको आडमा पटक पटक पक्राउ पर्नबाट जोगिएका उनले ठमेलमा होटल व्यवसाय गर्दै आएका थिए ।यसअघि नेपाली साझेदारको सम्बन्ध माओवादी नेता तथा प्रहरी प्रशासनमा रहेका व्यक्तिसँग देखिएपछि अनुसन्धान अघि बढेन । प्रहरीले १२२ चिनियाँलाई पक्राउ गर्नुअघि दावाले नेपाल छाडिसकेका थिए । 

दावासँग वैवाहिक सम्बन्ध गाँसेकी रोल्पाको थवाङकी अमला रोका र चिनियाँको नेपाली साझेदार रहेको व्यवसाय चार वर्षअघि नै अनुसन्धानमा खुलेको भए पनि कारबाही नगरी जोगाइएको थियो । 

२०७६ असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच जना चिनियाँले ल्याएको २९३ थान मोबाइल, ल्यापटप प्रहरीले जफत गरिदिएपछि छुटाउन दावाको समूह सक्रिय भएको थियो । 

इजाजत बिना ल्याइएका सामान भन्सारमा रोकिएपछि काठमाडौँको बूढानीलकण्ठमा रहेको रोयल स्यान्ड्स होटलले मगाएको भन्दै होटल दर्ता प्रमाणपत्र र सामान मगाएको पत्र लिएर दावाको समूह भन्सार कार्यालय पुगेको थियो । 

तर, त्यतिबेला छाडिएको थिएन । त्यहाँ पनि माओवादीका नेताहरु प्रयोग गरेर सामान छुटाइएको दाबी गरिएको छ ।हाम्राकुराबाट

 


प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP