Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुडुवाका महिलाहरुलाई सीपमूलक व्यवसायतर्फ आत्मनिर्भर बनाइँदै
डुडुवाका महिलाहरुलाई सीपमूलक व्यवसायतर्फ आत्मनिर्भर बनाइँदै
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन १६, २०८० बागेश्वरी पोस्ट
डुडुवाका महिलाहरुलाई सीपमूलक व्यवसायतर्फ आत्मनिर्भर बनाइँदै

नेपालगञ्ज  ।  बाँकेको डुडुवा गाउँपालिकाका महिलाहरुलाई सीपमूलक व्यवसायतर्फ आत्मनिर्भर बनाउन थालिएको छ । लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले समूहमा आबद्ध ८५ जना महिलाहरुलाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाएको छ ।

डुडुवा गाउँपालिका वडा नम्बर ५ अन्र्तगत विभिन्न समूहमा आबद्ध महिलाहरुलाई सिलाइकटाई तालिम, ढाकाको व्याग बनाउने तालिम, जुत्तीचप्पल बनाउने तालिम र ढाका कपडा उत्पादन गर्ने तालिम प्रदान गरिएको छ । तालिम पश्चात महिलाहरुलाई स्वरोजगार बनाउनका लागि गाउँपालिकाले ९ वटा सिलाइकटाई मेसिन, ९ वटा ढाकाको व्याग बनाउने मेसिन, २ वटा जुत्तीचप्पल बनाउने मेसिन र ५ वटा ढाकाको कपडा उत्पादन गर्ने मेसिन महिला समूहलाई हस्तान्तरण गरेको छ । ती महिलाहरुले समूहमा उत्पादन गर्ने सामग्री विक्री वितरण गरी आयआर्जन गर्ने उद्यम विकास सहजकर्ता सुनिता थारुले बताइन् । उनका अनुसार महिलाहरुले उत्पादन गरेका विभिन्न सामग्रीहरु स्थानीय बजारमार्फत विक्री गर्नेछन् । 

गाउँपालिकाका बेरोजगार महिलाहरुलाई उद्यम विकास कार्यक्रममार्फत सीप प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार गाउँमा थुप्रै महिलाहरु बेरोजगार भई घरभित्र बसिरहेकाले उनीहरुलाई सीप सिकाएर आर्थिकरुपमा आत्मनिर्भर बनाइनेछ । सीप सिकेका महिलाहरुले उत्पादन गर्ने सामग्रीको बजारीकरणका लागि पालिकाले विशेष पहल गर्ने अध्यक्ष चौधरीले बताए । उनले पालिका अन्तर्गत सम्पूर्ण महिलाहरुलाई सशक्तिकरण तथा दक्ष बनाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको जानकारी दिए ।

आज एक कार्यक्रमका बीच सीप सिकेका महिलाहरुलाई प्रमाणपत्र र मेसिनहरु प्रदान गरिएको छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ्ग लगायतले बोलेका थिए । गाउँपालिकाका सबै वडाका महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने योजना गाउँपालिकाको छ । 


प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  २०:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP