नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • यसकारण ६५ प्रतिशत बढी मतदाताको रोजाइमा साझा प्रजातान्त्रिक प्यानल...
यसकारण ६५ प्रतिशत बढी मतदाताको रोजाइमा साझा प्रजातान्त्रिक प्यानल...
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन ३१, २०८० बागेश्वरी पोस्ट
यसकारण ६५ प्रतिशत बढी मतदाताको रोजाइमा साझा प्रजातान्त्रिक प्यानल...

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा आगामी नेतृत्वका लागि बाँकेभर छरिएर रहेका मतदाताहरुले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई लैजाने प्रतिबद्धता जनाएका छन् । 

प्रजातान्त्रिक समूहका उम्मेदवारहरुले मतदातासँगको भेटघाटका क्रममा गरेको प्रतिबद्धता व्यापारीहरुको वास्तविक हकहितका विषयमा  रहेको भन्दै ६० देखि ६७ प्रतिशत मतदाताहरुले नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक प्यानललाई लैजाने प्रतिबद्धता जनाएका हुन् । 

जिल्लाभरका धेरैजसो मतदातामाझ गरेको सर्वेक्षणमा मतदाताहरुले साझा प्रजातान्त्रिक प्यानल नै नेपालगञ्ज उद्योग वाणिज्य संघको अबको नेतृत्व गर्न सुहाउने बताएका छन् । साझा प्रजातान्त्रिक प्यानलले स-साना व्यापारीको हकहितका कुरा समेत अगाडि सार्दै आएको हुँदा उक्त समूह नै नेतृत्व गर्न सक्षम रहेको उनीहरु बताउँछन् ।

संघको आगामी नेतृत्वका लागि निर्वाचनमा होमिएको प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदका उम्मेदवार ललितकुमार रौनियार प्यानलले संघको नेतृत्व  पाउनुपर्ने भन्दै आफुहरुको भोट परिवर्तनका लागि हुने नेपालगञ्जका व्यापारी मतदाताहरुले भने । 

परिवर्तनका लागि नेतृत्व भन्दै आएको प्रजातान्त्रिक समूह नै धेरैको रोजाईमा देखिएका छन् । थोक तथा फुटकर व्यवसायीहरुले सधैं एकै क्षेत्रको नेतृत्व नभएर फरक क्षेत्रको समेत नेतृत्व हुनुपर्ने र अब रौनियारको नेतृत्व हेर्न चाहेको धारणा राखेका थिए । 

थोक तथा फुटकर व्यवसायीहरुको समेत समस्या सम्बोधन गर्न सक्ने नेतृत्व साझा प्रजातान्त्रिक समूह भएको हुँदा व्यवसायीहरुको साथ अब यो समूहलाई नै हुने राप्तीसोनारीमा व्यवसाय गरिरहेका धेरैजसो मतदाताहरुले बताउँदै आएको पाइएको छ ।

यस पटकको निर्वाचनमा वाणिज्य संघमा साझा  प्रजातान्त्रिक समूहतर्फ मतदाताको लहर देखिएको हुँदा यसअघि जसलाई मत दिए पनि अब भने आफूहरुले साझा प्रजातान्त्रिक प्यानललाई नै रोजिसकेको नेपालगञ्जकै चिरपरिचित व्यापारीहरुले  बताए । सबैको समान सहभागिता र सबै अटाउने नेतृत्व भनेको प्रजातान्त्रिक समूह रहेको मतदाताहरुको भनाई छ । 

अहिलेसम्म जति आए पनि व्यापारीहरुको हकहित कसैले नगरेको देख्दा अब भने साझा प्रजातान्त्रिक प्यानललाई जिताएर नेतृत्वमा लैजाने भन्ने नारा चौतर्फी घन्किरहेको छ ।

यस पटकको निर्वाचनमा साझा प्रजातान्त्रिकका सबै उम्मेदवारहरु भारी मतान्तरले विजयी हुने देखिएको छ ।

यता नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले पनि साझा प्रजातान्त्रिक प्यानलको जीत निश्चित भन्दै गर्दा निर्वाचनमा होमिएको अर्को समावेशी प्यानललाई साथ दिएका विभिन्न पार्टीका नेताहरुले समेत यस पटक साझा प्रजातान्त्रिक प्यानल निकै बलियो भएको बताइरहेका छन् ।

रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक प्यानलको उद्योग उपाध्यक्षमा मो. सफिक बेहानासँगै बाणिज्यतर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा करिश्मा योगी तथा महासचिवमा टंकप्रसाद शर्मा उम्मेदवार छन् । यस्तै उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामी उम्मेदवार छन् ।

त्यस्तै सदस्यहरुमा शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, कैफुल वरा जोलाहा, प्रमोदकुमार अग्रवाल, युवराज ढकाल, सुनिल भण्डारी, पदम श्रेष्ठ, अतुलकुमार गुप्ता र बलबहादुर विष्ट (बबी)  तथा एशोसिएट सदस्यमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल उम्मेदवार रहेका छन् ।

संघको निर्वाचन यही भाद्र २ गते नेपालगञ्ज  रंगशालामा हुँदैछ ।   


प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP