नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • महेन्द्र पुस्तकालयको १८औँ साधारणसभा सम्पन्न 
महेन्द्र पुस्तकालयको १८औँ साधारणसभा सम्पन्न 
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ १५, २०८० बागेश्वरी पोस्ट
महेन्द्र पुस्तकालयको १८औँ साधारणसभा सम्पन्न 

नेपालगञ्ज । नेपालगञ्जस्थित ऐतिहासिक सामुदायिक पुस्तकालय महेन्द्र पुस्तकालयको १८औँ साधारणसभा आज सम्पन्न भएको छ । पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षता एवम् प्रा. डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले पुस्तकालयको आगामी कार्यक्रम र बजेट पारित गरेको छ ।

पुस्तकालयका सचिव मणि अर्यालले प्रस्तुत गरेको कार्ययोजनामा पुस्तकालयलाई थप व्यवस्थित गर्दै लैजाने र बाल कक्ष थप गर्ने कार्यक्रम समावेश छन् । यसैगरी इ-पुस्तकालयका लागि आवश्यक सरसाधन व्यवस्थापन भइसकेकोमा अब त्यसलाई सञ्चालनमा ल्याउन कर्मचारीलाई तालिमदेखि प्रविधिको व्यवस्थापनसम्मका योजनाहरु पुस्तकालयले तय गरेको छ । पुस्तकालयको कार्यसमितिले गएको एक वर्षमा पुस्तकहरुको सफाई गर्ने, रेकर्ड व्यवस्थापन गर्ने, पाठकहरुले पुस्तक पढ्न पाउने गरी वाचनालय सञ्चालनमा ल्याउने, शौचालय, कार्यालय कक्ष, गेट लगायतका संरचना मर्मत सम्भार, रंगरोगन र दराजको व्यवस्थापन लगायतका काम गरेको जनाएको छ ।

गत आर्थिक वर्ष २०८९—८० मा पुस्तकालयले ३० लाख २४ हजार बढीको आर्थिक जोहो गरी कामहरु सम्पन्न गरेको जनाएको छ । चालू आर्थिक वर्ष २०८०—८१ मा ३७ लाख ६६ हजार बढीको बजेट तय गरेको छ । यस वर्षमा पुस्तकालयमा बाल कक्ष निर्माण गर्ने, बरण्डा कभर गर्ने र पुस्तकालयमा सिसिटिभी जडान गर्ने मुख्य योजना रहेको पुस्तकालयका अध्यक्ष यादवले जानकारी दिए । 

यसैबीच साधारणसभा अघि पुस्तकालय दिवसका अवसरमा माधुरी—बद्रीविक्रम व्याख्यान मालाको पहिलो श्रृंखलामा प्रा.डा. भट्टराईले सामाजिक ‘सामाजिक सद्भाव स्थापनामा साहित्यको भूमिका’ विषयमा व्याख्यान प्रस्तुत गरेका थिए । कार्यक्रममा माधुरी—बद्रिविक्रम सेवा गुठीले भट्टराईलाई २५ हजार राशीको माधुरी बद्रीविक्रम स्मृति सम्मान प्रदान पनि गरेको थियो । साथै कार्यक्रममा महेन्द्र पुस्तकालयको मुखपत्र ‘वाङ्मय जगत’ को विमोचन समेत प्रा.डा. भट्टराईले गरे ।

साधारण सभाको उद्घाटन सत्रमा लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादव, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशीराम कार्की, माधुरी बद्रीविक्रम सेवा गुठीका कोषाध्यक्ष किरण थापा लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
 


प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP