prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • डोल्पाबाट बेपत्ता भएका मेजर विमल अझै भेटिएनन्
डोल्पाबाट बेपत्ता भएका मेजर विमल अझै भेटिएनन्
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ २२, २०८० बागेश्वरी पोस्ट
डोल्पाबाट बेपत्ता भएका मेजर विमल अझै भेटिएनन्

डोल्पा। गत भदौ १० गते अपराह्नदेखि बेपत्ता भएका डोल्पाको  दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपति मेजर बिमल पण्डित अझै फेला पर्न सकेका छैनन् ।

भदौ १० आइतबार अपराह्न साढे ४ बजे ब्यारेकबाट साथीहरुसँग घुम्न निस्किएर साथीहरुलाई बिचबाटै फर्काएर एकाएक बेपत्ता भएका मेजर पण्डित १२ दिन पुग्दा सम्म फेला नपरेको डोल्पा प्रहरीले जनाएको छ ।

संयुक्त सुरक्षा फौजले मेजर पण्डित जान सक्ने सम्भावित ठाउँ खोजि गर्दा समेत अझै फेला नपरेको प्रहरीले जानकारी दिएको छ ।

सुरक्षा फौजको टोलीले डोल्पाका भीर–पहरा, नदी किनार सबैतिर खोजिसके पनि मेजरको अत्तोपत्तो नभएको डोल्पा प्रहरी प्रमुख डीएसपी शिव बुढाथोकीले बताए । 'मेजर पण्डितलाई खोज्न बाहिर जिल्लामा समेत सर्कुलर  जारी भएर खोजी कार्य भइरहेपनि अझै पत्ता लाग्नै सकेन' डीएसपी बुढाथोकीले भने ।

ब्यारेकबाट घुम्न निस्किएका मेजर पण्डितको मोबाइलको अन्तिम लोकेसन ब्यारेकबाट करिब १ घन्टाको दुरीमा देखिएपछी अफ भएको प्रहरीले जनाएको छ ।

मेजर पण्डित बेपत्ता नै भएका हुन् वा आफैं सम्पर्कविहीन भएका हुन् भन्ने बारेमा केही भन्न नसकिने प्रहरीले जनाएको छ ।

सुरक्षा फौजले कुनै कसुर बाँकि नराखी रातदिन मेजर पण्डितको खोजी कार्य जारी नै राखेको प्रहरीले जानकारी दिएको छ ।

 

 

 


प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा एक सातामै ४१५ मतदाता थपिए
बाँकेमा एक सातामै ४१५ मतदाता थपिए
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे
नेपालगञ्जकी चेली नविना बनिन् एक्टिंग स्टारको फाइनलिष्ट, नविनाको लागि भोट अपील
नेपालगञ्जकी चेली नविना बनिन् एक्टिंग स्टारको फाइनलिष्ट, नविनाको लागि भोट अपील
बाँकेका विभिन्न स्थानमा चाडपर्व लक्षित 'यात्रु सहायता कक्ष' स्थापना
बाँकेका विभिन्न स्थानमा चाडपर्व लक्षित 'यात्रु सहायता कक्ष' स्थापना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP