नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, चैत १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • डोल्पाबाट बेपत्ता भएका मेजरको शव भेरीमा भेटियो
डोल्पाबाट बेपत्ता भएका मेजरको शव भेरीमा भेटियो
बागेश्वरी पोस्ट
बुधबार, भदौ २७, २०८० बागेश्वरी पोस्ट
डोल्पाबाट बेपत्ता भएका मेजरको शव भेरीमा भेटियो

डोल्पा । डोल्पा मंगलबार भेटिएको शव गत भदौ १० गते अपराह्नदेखि बेपत्ता भएका डोल्पा सदरमुकामदुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपति मेजर विमल पण्डितकै रहेको पुष्टि भएको छ ।

गत भदौ १० आइतबार अपराह्न साढे ४ बजे ब्यारेकबाट साथीहरुसँग घुम्न निस्किएर साथीहरुलाई बिचबाटै फर्काएर एकाएक बेपत्ता भएका मेजर पण्डितको शव मंगलबार त्रिपुरासुन्दरी नगरपालिका-५ चिन्डेबगरमा माछा मार्न गएका स्थानीयहरूले फेला पारेपछि उनीहरूले खदाङ प्रहरीलाई जानकारी गराएका थिए ।

खदाङ प्रहरीले डोल्पाका डीएसपी शिव बुढाथोकी सहितको नेपाली सेनाको टोलीले बगाएर ल्याएको अवस्थामा भेरी नदीको चेपबाट शव निकालेको थियो । उक्त शवलाई सदरमुकाम लगेर औंठी र घडीको आधारबाट मेजर पण्डित भएको पुष्टि भएको डोल्पाका डीएसपी बुढाथोकीले जानकारी दिए ।

"मंगलबार बिहानै खदाङस्थित भेरी नदीको चेपमा ढुंगाको बीचमा एउटा शव रहेको खबर माछा मार्न गएका स्थानीयबाट आएपछि हाम्रो प्रहरीको टोली र नेपाली सेना पुगेर शव निकालेर सदरमुकाम ल्यायौं", डीएसपी बुढाथोकीले भने ।

शव धेरै दिनदेखि पानीमा रहेकाले अनुहारबाट पहिचान नै हुन नसकेपनि मेजर साबको बुवाले शवको पहिचान गरेको डीएसपी बुढाथोकीले बताए ।

प्रहरीको अनुसन्धानमा मेजर पण्डित बेपत्ता भएका दिन ब्यारेकबाट निस्किएर जीप भाडामा लिएर त्रिपुराकोट गएको रहस्य बाहिर आएको छ । मेजर पण्डितले नगेन्द्र बस्नेतले चलाउँदै आएको बोलेरो जीप भाडामा लिएको डीएसपी बुढाथोकीले बताए ।

मेजर पण्डितसँग त्यस गाडीलाई भाडा तिर्न नगद पैसा साथमा नभएको र उनले चालक बस्नेतलाई ‘खाता नम्बर छ, अनलाइन ट्रान्सफर गर्दिन्छु’ भनेको प्रहरी अनुसन्धानबाट खुल्न आएको डीएसपी बुढाथोकीले भने।

मेजरले चालक बस्नेतसँग बैंकको खाता नम्बर नभएको बताएपछि गाडीबाट झरेर केही पसलेसँग अनलाइन बैंकीङबारे सोधेर त्यहाँका पसलेहरूले पनि अनलाइन बैंकीङ आफुहरुसँग नभएको जानकारी दिएपछि बस्नेतले जीप मालिकसँग मेजर पण्डितलाई भेटाइदिएको प्रहरीको अनुसन्धानले देखाएको छ।

बस्नेतले जीप मालिकसँग भेटाएपछि मेजर पण्डितले साढे २६ हजार रुपैयाँ अनलाइन  ट्रान्सफर गरेर आफुले नगद लिँदै साढे  ६ हजार रुपैयाँ जीपको  भाडा तिरेका थिए ।

मेजर पण्डितले जीपबाट ओर्लिएर एउटा पसलमा चप्पल र झोला बोकेर सम्पर्कविहीन भएको प्रहरीको अनुसन्धानमा देखिन आएको डीएसपी बुढाथोकीले बताए । 

प्रहरीको अनुसन्धानका क्रममा गाडी चालक बस्नेतले पण्डित मेजर भएको थाहा नपाएको र उनी जीपमा  चढेपछि निकै हतास देखिएको बयानमा भनेको प्रहरीले जानकारी दिएको छ ।  जीपमा चढेका बेला मेजरलाई २-३ पटक मोबाइलमा फोन आएर उनले फोनमा केहीबेर कुरा गरेको पनि चालक बस्नेतले प्रहरीलाई बताएको डीएसपी बुढाथोकीले भने । 

मेजर पण्डित जीपमा बसेपछि जति पैसा लागे पनि म पैसा तिर्छ माथिसम्मै पुर्‍याइदेउ भनेपनि पुल नभएको र बाटो बिग्रिएकाले माथि जान नसक्ने चालक बस्नेतले बताएपछि उनी त्रिपुराकोटमै जीपबाट ओर्लिएको बुढाथोकीले बताए  । चालक बस्नेतले बयानमा भने अनुसार मेजर पण्डितको मोबाइलको अन्तिम लोकेशन त्रिपुराकोटमै देखिएको थियो।

प्रहरीका अनुसार मेजर पण्डितको मोबाइल भदौ १० साँझ ७ः१५ बजेसम्म एक्टिभ देखिएको र त्यसपछि मोबाइल एक्टिभ नदेखिएको डीएसपी बुढाथोकीले बताए ।

प्रहरीले मेजर पण्डितको शवलाई  मंगलबार राति नै पोष्टमर्टमका लागि डोल्पा जिल्ला अस्पताल पठाएको छ ।

मेजर पण्डित बेपत्ता भएकै दिनदेखि संयुक्त सुरक्षा फौजले उनी जान सक्ने सम्भावित ठाउँको खोजी गर्दा समेत अझै फेला पार्न सकेको थिएन ।


प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु,  प्रेमीसहित तीन पक्राउ
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु, प्रेमीसहित तीन पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP