नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • एआईजी धिरु बस्न्यातको प्रतिबेदन खारेज,निर्मला पन्तको हत्यारा को?
एआईजी धिरु बस्न्यातको प्रतिबेदन खारेज,निर्मला पन्तको हत्यारा को?
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ २७, २०७६ बागेश्वरी पोस्ट
एआईजी धिरु बस्न्यातको प्रतिबेदन खारेज,निर्मला पन्तको हत्यारा को?

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज नै गरेको छ ।

कार्यालयले घटनाको डेढ वर्षपछि डीआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिको पछिल्लो प्रतिवेदन स्वीकार्दै बस्न्यातको प्रतिवेदन खारेज गरेको हो । केसीको प्रतिवेदनअनुसार बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह बिष्ट नै मुख्य अभियुक्त पाइएका छन् ।

उक्त निष्कर्षअनुसार बिष्टमाथि थप अनुसन्धान गर्न अपराध अनुसन्धान विभागमार्फत कञ्चनपुर प्रहरीलाई आइतबार निर्देशन दिइएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबार (माघ २८ गते) अनिवार्य अवकाश लिँदैछन् । त्यसअघि उनले माघ १९ गते दुवै प्रतिवेदनका कारण अनुसन्धान प्रभावित भएको भन्दै डीआईजी केसीको संयोजकत्वमा गठित ७ सदस्यीय पुनरावलोकन समिति गठन गरेका थिए ।

समितिले २२ गते आईजीपी खनाललाई प्रतिवेदन बुझाउँदै सीआईबी र कञ्चनपुर प्रहरीले सुरुमा गरेको अनुसन्धान नै सही भएको जनाएको छ र उतैबाट थप अनुसन्धान गर्ने गरी प्रक्रिया अघि बढाउन सिफारिस गरेको हो ।

हतारमा रफूदफू

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की निर्मला पन्त २०७५ साउन १० गते साथीको घरमा जान्छु भनेर गएकी थिइन् । उनको अर्को दिन निम्बुखेडा खोला किनारको उखुबारीमा फेला परेको थियो ।

त्यतिबेलै प्रहरीले हतार हतारमा उनको शव घटनास्थलबाट हटाएर दाहसंस्कार भएको थियो । यो घटनामा त्यतिबेलादेखि नै प्रहरीको भूमिका शंकास्पद रहेको थियो । प्रहरीले अनुसन्धान गर्न माग गर्दा पनि गरेन । आन्दोलनहरु भए । दवाव बढ्यो । राजनीति पनि मिसियो । बल्लबल्ल प्रहरीको केन्द्रीय कार्यालयबाट केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र कञ्चनपुर प्रहरीले घटना अनुसन्धान गर्ने क्रममा भदौ ३ गते दिलीप सिंह बिष्टलाई पक्राउ गरको थियो ।

स्थानीय र विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिवेदनले बिष्ट निर्दोष रहेको दाबी गर्दै फसाउन खोजिएको आरोप लगाएका थिए । लामो समयदेखि यो विषय सुस्ताएको थियो । फेरि खनालले अवकाश लिनुअघि बिष्टलाई नै दोषी ठहर गर्दै थप अनुसन्धान गर्न निर्देशन दिइएको छ । अझै पनि यसलाई स्थानीय र एनजीओका विभिन्न संस्थाले मान्नेवाला छैनन् । किनकि यसलाई केपी शर्मा ओली नेतृत्वको सरकारको हात रहेको निष्कर्षमा उनीहरु छन् ।

यो घटनामा ओलीले अभिभावकीय भूमिका निभाउन सकेका छैनन् । त्यतिबेलै पनि उनले अभिभावकत्व लिन दुई महिना लगाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट पनि डेढ महिनापछि मात्र प्रतिक्रिया आएको थियो ।हाम्राकुराडटकमबाट साभार।


प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  ०७:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP