नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज शान्त बन्दै, निषेधाज्ञा र कर्फ्यु खुकुलो
नेपालगन्ज शान्त बन्दै, निषेधाज्ञा र कर्फ्यु खुकुलो
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज २१, २०८० बागेश्वरी पोस्ट
नेपालगन्ज शान्त बन्दै, निषेधाज्ञा र कर्फ्यु खुकुलो

नेपालगन्ज । नेपालगञ्जको अवस्था सामान्य बन्दै जान थालेपछि नेपालगञ्ज उपमहानगरपालिकामा दिउँसोको समयमा जारी गरिएको निषेधाज्ञा र राती लगाइएको कर्फ्यु खुकुलो बनाउँदै लगिएको छ ।

सामाजिक संजालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बन्ने देखिएपछि असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । दिउँसो कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको छ । असोज १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाइएको थियो भने राती कफ्र्यु कायमै राखिएको छ । जनजीवन सामान्य बन्दै गएपछि निषेधाज्ञा र कफ्र्युको समयावधि भने छोट्याउँदै लगिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज विहान एक सूचना जारी गर्दै विहान १० बजेदेखि राती १० बजेसम्म पाँच जना भन्दा बढी भेला भई प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी रहेको उल्लेख गरेको छ । राती १० बजेदेखि विहान ४ बजेसम्म पूर्ववतरुपमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कफ्र्यु आदेश भने जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।

दिउँसोको समयमा कफ्र्यु हटे पनि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र विहान १० बजेदेखि राती १० बजेसम्म कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

हिन्दु  र मुस्लिम  समुदायबीच भएको विवादले मंगलबार दिउँसोदेखि केही दिन अशान्त रहेको नेपालगञ्ज अहिले शान्त बनेको छ । दुई समुदायबीच बढेको तनाबले उग्ररुप लिने अवस्था देखिएपछि कफ्र्यु आदेश जारी गरिएको थियो ।

सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् १६ गते ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शन कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुने स्थिति देखिएको भन्दै कफ्र्यु आदेश जारी गरिएको थियो ।
21.jpg


प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
शीतलहरले तराईको जनजीवन कष्टकर
शीतलहरले तराईको जनजीवन कष्टकर
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP