नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्जमा कर्फ्यु र निषेधाज्ञा पूर्णरुपमा हट्यो
नेपालगन्जमा कर्फ्यु र निषेधाज्ञा पूर्णरुपमा हट्यो
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज २३, २०८० बागेश्वरी पोस्ट
नेपालगन्जमा कर्फ्यु र निषेधाज्ञा पूर्णरुपमा हट्यो

नेपालगञ्ज । नेपालगञ्जको अवस्था सामान्य बनेपछि कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाइएको छ । विगत एक सातादेखि लगाइँदै आइएको कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले आज एक सूचना जारी गर्दै शान्ति सुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यु र निषेधाज्ञा हटाइएको उल्लेख गरेका छन् । 

अघिल्लो मंगलबार नेपालगञ्जमा तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो । अवस्था सामान्य बन्दै गएपछि भने केही दिन यता दिउँसोको समयमा निषेधाज्ञा र राती कर्फ्यु लाग्दै आएको थियो । सामाजिक संजालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बन्ने देखिएपछि असोज १६ गते मंगलबार दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । असोज १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाइएको थियो भने राती कफ्र्यु कायमै राखिएको थियो ।जनजीवन सामान्य बन्दै गएपछि निषेधाज्ञा र कफ्र्युको समयावधि भने दिन प्रति दिन छोट्याउँदै लगिएको थियो ।

हिन्दु  र मुस्लिम  समुदायबीच भएको विवादले असोज १६ गते दिउँसोदेखि केही दिन अशान्त रहेको नेपालगञ्ज अहिले शान्त बनेको छ । दुई समुदायबीच बढेको तनाबले उग्ररुप लिने अवस्था देखिएपछि कफ्र्यु आदेश जारी गरिएको थियो । सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् १६ गते ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शन कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुने स्थिति देखिएको भन्दै कफ्र्यु आदेश जारी गरिएको थियो ।


प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP