Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीले भूमिहीनलाई निस्सा वितरण कार्य अघि बढाउँदै
राप्तीसोनारीले भूमिहीनलाई निस्सा वितरण कार्य अघि बढाउँदै
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज २४, २०८० बागेश्वरी पोस्ट
राप्तीसोनारीले भूमिहीनलाई निस्सा वितरण कार्य अघि बढाउँदै

राप्तीसोनारी । बाँकेको राप्तीसोनारी गाउँपालिकाले वडा नं. ४ मा ऐलानी जग्गाको निस्सा वितरण गरी नापजाँच सुरु गरेको छ । राप्तीसोनारीले भूमि आयोगको सहयोगमा वडा नम्बर ४ राजपुर टोलका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेर जग्गाको नापजाँच सुरु गरेको हो । 

उक्त वडाका वडाध्यक्ष मिनराज खड्का (सन्तोष), राप्तीसोनारी गाउँपालिका अन्तर्गत भूमि आयोगका अमिन शेरबहादुर रोका नेतृत्वको टोली, इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज वरिष्ठ सई लक्ष्मीप्रसाद आचार्य, वडा नम्बर ४ का वडा सचिव होम सूर्य केसी लगायतको उपस्थितिमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले ऐलानी जग्गाको कित्ताकाट र नक्सांकन कार्यको औपचारिक सुरुवात गरेका थिए । उक्त कार्यक्रममा अध्यक्ष पौडेलले तीव्र गतिमा जनताको जग्गाको काम गर्न प्रविधिकहरुलाई निर्देशन समेत दिएका थिए । 

पालिका अध्यक्ष पौडेलले सबै वडाका जनतालाई लालपूर्जा दिनसके अहिलेको जनप्रतिनिधिको निकै ठूलो उपलब्धि हुने बताउँदै भने, ‘कुनै ठाउँमा समस्या आए तत्काल वडा र पालिकाले सहजीकरणमार्फत समस्यालाई सुल्झाइन्छ र काम अगाडि बढाइन्छ ।’

वडाध्यक्ष खड्काका अनुसार राजपुर टोलका १ सय ४० जना स्थानीयलाई निस्सा वितरण गरिएको छ । आगामी फागुनसम्म वडाको सबै ऐलानी जग्गाको काम सक्ने गरी काम अघि बढेको उनले बताए । 

‘नयाँ वर्ष २०८१ सम्ममा सबैलाई लालपुर्जा दिने हाम्रो उद्देश्य हो । त्यसको लागि तीव्र गतिमा काम हुनेछ,’ खड्काले भने । 

राप्तीसोनारीले जग्गा नापजाँच गर्दा आइपर्ने समस्या समाधानका लागि एउटा टिम समेत बनाएको छ । वडा अध्यक्ष खड्काको संयोजकत्मा वडा सदस्यहरु, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि गरी ११ सदस्यीय सहजीकरण समिति निर्माण गरिएको छ ।

यसअघि पनि राप्तीसोनारी गाउँपालिकाले पहिलोपटक गाउँ ब्लक जग्गाको लालपूर्जा वितरण गरेको थियो । पालिकाले यस अघि वडा नम्बर १ मा गाउँ ब्लक जग्गा  अन्तर्गत  ४७ घरधुरीलाई लालपूर्जा वितरण गरेको थियो ।

वडा कार्यालयले पालिका अध्यक्ष पौडेल, नापी कार्यालय बाँकेका प्रमुख सहदेश सुवेदी लगायतको उपस्थितिमा स्थानीय बासिन्दालाई लालपूर्जा वितरण गरेको थियो भने अन्यलाई पनि लालपूर्जा वितरण गर्ने प्रक्रिया अघि बढेको छ । 

उक्त जग्गाको लालपूर्जाका लागि २०७२ सालदेखि प्रक्रिया अघि बढाइएको थियो । सबै प्रक्रिया पूरा गरेर नापीले स्थानीय वासिन्दालाई उक्त जग्गाको पूर्जा दिएको हो । त्यस्तै राप्तीसोनारीको वडा नम्बर ३ मा पनि निस्सा वितरण सुरु गरिएको छ । राप्ती सोनारीको वडा नम्बर ३ मा मात्रै भूमिहीन दलित २६, भूमिहिन सुकुम्वासी ३९ र अव्यवस्थित बसोबास गर्ने ७ सय ९० जना रहेका छन् । उनीहरुका लागि निस्सा वितरणको काम सुरु भएको राप्तीसोनारीले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP