नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज उपमहानगरपालिकामा ३० जना नगर रक्षक भर्ना
नेपालगञ्ज उपमहानगरपालिकामा ३० जना नगर रक्षक भर्ना
तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नगर प्रमुख विष्टको निर्देशन
बागेश्वरी पोस्ट
बिहीबार, असोज २५, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकामा ३० जना नगर रक्षक भर्ना

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले ३० जना नगर रक्षक भर्ना गरेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सेवा निवृत्तहरुलाई नगर रक्षकका रुपमा भर्ना गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले टेण्डर आह्वान गरेर ठेक्का प्रक्रियामार्फत ३० जना नगर रक्षक भर्ना गरेको हो । न्यू बागेश्वरी सरसफाई एण्ड सेक्युरिटी सर्भिसेस प्रालिका सञ्चालक भानु भट्टले भर्ना भएका नगर रक्षक अधिकांश नेपाली सेनाका सेवा निवृत्त जवानहरु रहेको बताए । यो संगै अब नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रहरी शाखामा ४१ जना जनशक्ति व्यवस्थापन भएको छ । यसअघि नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा ११ जना नगर प्रहरी कार्यरत थिए ।

नयाँ भर्ना भएका नगर रक्षकलाई नगर प्रमुख प्रशान्त विष्टले आज निर्देशन दिएका छन् । आफूलाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नगर प्रमुख विष्टले निर्देशन दिए । “तपाईंहरु फुटपाथ, ठेला गाडा, निर्माण सामग्रीको व्यवस्थापनसंगै सहरलाई सफा, स्वच्छ र सुन्दर राख्न दत्तचित्त भएर लाग्नुस्, ठूल्ठूला चाडपर्व आउँदैछन्, यो बेलामा सहरमा हुने भिडभाडदेखि लिएर फोहर व्यवस्थापनको कामका बारेमा पनि तपाईंहरुको चासो र अनुगमन हुनुपर्दछ, उनले निर्देशन दिँदै भने–“आन्तरिक राजश्व बृद्धि गर्न पनि यहाँहरुको उल्लेखनीय भूमिका हुन्छ ।” नगर प्रहरी प्रमुख बोगटीले भोलिदेखि नगर रक्षकहरु फिल्डमा खटिने जानकारी दिए । उनले यो थप भएको जनशक्तिपछि अब काममा अझ सहजता थपिने विश्वास व्यक्त गरे । त्यसक्रममा नगर उपप्रमुख कमरुद्दिन राई, वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबी लगायत उपस्थित थिए । 

No description available.

यसैबीच नगर प्रमुख विष्टले आजैदेखि लागू हुने गरी नगर प्रहरीलाई केही निर्देशन दिएका छन् । वडा नम्बर १ देखि २० सम्मका सम्पूर्ण फुटपाथ हटाउने, तोकेको ठाउँमा मात्र ठेला गाडा लगाउन दिने, उपमहानगरपालिकाभित्र मालबहाक सवारी साधनहरुलाई विहान ९ बजेसम्म तथा साँझ ६ बजेपछि मात्र लोड अनलोड गर्न दिने, चोक बजार भित्रका ठेला साँझ ५ बजेपछि मात्र लगाउन पाउने र विहान ९ बजेभित्र खाली गरिसक्नुपर्ने, सडकपेटीमा राखेका घर निर्माणका सामग्री ३ दिनभित्र व्यवस्थापन गर्न लगाउने र निर्माण सामग्रीको प्रकृति हेरेर समय थपघट गर्न सक्ने (बढीमा ७ दिन), ट्रान्सपोर्ट, हार्डवेयर पसलहरुलाई बुग्गीको सम्पर्क नम्बर राख्न लगाउने र आवश्यक परेको समयमा बोलाउने तथा बाटोमा बुग्गी राख्न नदिने, त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म तथा गणेशमान चोकदेखि चारबाहिनी रोडसम्म वन–वे कायम गर्ने, गुलरिया बसपार्कमा बस व्यवस्थापन गर्ने लगायतका कार्यहरु कडाईका साथ लागू गर्न नगर प्रमुख विष्टले निर्देशन दिएका हुन् । नगर प्रहरी प्रमुख बोगटीले थप भएको जनशक्तिलाई उचित परिचालन गरेर परिणाम देखिने गरी काम गर्ने बताए । 

No description available.


प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १७:३८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP