Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डिजिटल प्रविधि र मिडियाबारे दुई दिने कार्यशाला नेपालगञ्जमा शुरु
डिजिटल प्रविधि र मिडियाबारे दुई दिने कार्यशाला नेपालगञ्जमा शुरु
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज २८, २०८० बागेश्वरी पोस्ट
डिजिटल प्रविधि र मिडियाबारे दुई दिने कार्यशाला नेपालगञ्जमा शुरु

नेपालगञ्ज । डिजिटल प्रविधि र मिडियाबारे दुई दिने कार्यशाला नेपालगञ्जमा शुरु भएको छ । पत्रकारहरुले डिजिटल प्रविधिको प्रयोग, सञ्चार सामग्री उत्पादन तथा प्रकाशन, सामाजिक सञ्जालको प्रयोग, खोजमूलक रिपोर्टिङ्गमा सूचनाको हकको प्रयोग र पत्रकार आचारसंहिताका विषयमा क्षमता अभिबृद्धि गर्न कार्यशाला संचालन गरिएको हो । 

युएसएआइडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा संचालित “नागरिक समाज र मिडिया” परियोजना अन्र्तगत दुई दिने कार्यशाला शुरु भएको छ । कार्यशालाको आज शुभारम्भ गर्दै उच्च अदालत नेपालगञ्ज इजलासका न्यायाधीश टंक गुरुङ्गले पत्रकार भनेको समाजको ऐना भएकाले संबेदनशील भएर पेशा व्यवसाय गर्नुपर्नेमा जोड दिँदै कानूनको मापदण्डलाई विशेष ध्यान दिन आग्रह गरे । उनले नागरिकले बढी विश्वास गर्ने भएकाले पत्रकारले सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै सबै क्षेत्र, वर्ग, समुदायको संबेदशिलता बुझेर मात्र पत्रकारिता गर्न आग्रह गरे । न्यायाधीस गुरुङ्गले अदालती तथा कानूनसंग जोडिएको विषयमा समाचार सम्पे्रषण गर्दा भाषा र कानूनी टर्मलोजीलाई बढी ध्यान दिनुपर्ने बताए । 

सूचना तथा डिजिटल प्रविधि विज्ञ टंकराज अर्यालले अहिले डिजिटल प्रविधिको प्रयोग गर्दा नागरिकले प्रयोग गर्ने विभिन्न डिभाइसको सुरक्षाका लागि खासै ध्यान नदिएकाले विभिन्न डिजिटल समस्या निम्त्याउने गरेको बताए । तालिममा प्रविधि अधिकार, साइबर कानून, मिडिया र डिजिटल प्रविधि, पत्रकारितामा डिजिटल प्रविधिको प्रयोग, सामाजिक सञ्जाल, फोटो, भिडियो, खोजमूलक रिपोर्टिङ्गमा सूचनाको हकको प्रयोग, सार्वजनिक सरोकारको सवाल, पत्रकार आचारसंहिता लगायतका विषयमा अर्याल, अधिबक्ता विश्वजित तिवारी, पत्रकार कृष्ण अधिकारी, राकेशकुमार मिश्र र रुपा गहतराजले सहजीकरण गर्ने संस्थाका प्रोग्राम म्यानेजर रविन्द्रकुमार ज्ञवालीले बताए । उनका अनुसार संस्थाले अवधि र थारु भाषी १५ जना पत्रकारलाई आठ महिने फेलोशिप कार्यक्रम संचालन गरेको छ । 

No description available.


प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP