नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • किसानका समस्या पहिचान गर्दै कृषि अनुसन्धान निर्देशनालय खजुरा 
किसानका समस्या पहिचान गर्दै कृषि अनुसन्धान निर्देशनालय खजुरा 
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २, २०८० बागेश्वरी पोस्ट
किसानका समस्या पहिचान गर्दै कृषि अनुसन्धान निर्देशनालय खजुरा 

नेपालगञ्ज । लुम्बिनी प्रदेशमा कृषि अनुसन्धानका लागि प्रमुख सरकारी निकायको रुपमा रहेको बाके खजुरास्थित कृषि अनुसन्धान  निर्देशनालयले राप्तीसोनारी गाउँपालिका-६ टेपरीमा गाउँस्तरीय योजना बैठक सम्पन्न गरेको छ ।

अनुसन्धान परियोजना निर्माणका लागि कृषकहरुका समस्या पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम निर्देशनालयका वैज्ञानिक जगन्नाथ बन्जाडेको अध्यक्षता एवं राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलको प्रमुख आतिथ्यता र कृषि ज्ञान केन्द्र बाँकेका बागवानी विकास अधिकृत रामप्रकाश यादव लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेको र कृषि अनुसन्धानसंग समन्वय र सहकार्य गर्न सधैं तत्पर रहेको बताए । पौडेलले बाँके जिल्लामा अनुसन्धान निर्देशनालय हुनुको सदुपयोग यस जिल्लाका स्थानीय तहहरुले गर्नुपर्ने र प्राविधिक ज्ञान, स्रोत, बीउ, नश्ल र अन्य प्रविधिको पहुँचमा सबै कृषकहरु रहनुपर्ने उल्लेख गरे । 

No description available.

कृषकहरुसंग अन्तरक्रियात्मक सत्रमा बाली, बागवानी, पशुपालन, मत्स्यपालन लगायतका क्षेत्रमा किसानले औंल्याएका समस्या सूचीकरण गरी सो सम्बन्धि अनुसन्धानबाट विकास एवं सिफारिस भइसकेका प्रविधिको बारेमा जानकारी प्रदान गरिएको थियो । सो सत्रमा विषयगत क्षेत्र अनुसार बालीतर्फ वैज्ञानिक डा. नवराज आचार्य र अधिकृत सुमन बोहरा, पशुपालनतर्फ वैज्ञानिक जगन्नाथ बन्जाडे, अधिकृत दुर्गा रावत र डा. चेतमान जिसी, घाँसेबालीतर्फ अधिकृत हरिप्रसाद शर्मा, यान्त्रिकरणतर्फ अधिकृत सागर महर्जन, मत्स्यतर्फ प्राविधिक सुदिप लामिछाने र बागवानीतर्फ प्राविधिक लक्ष्मण भण्डारीले सहजीकरण गरेका थिए ।

अनुसन्धान परियोजना निर्माण गर्दा अपनाइने विभिन्न चरणहरु मध्ये गाउँ स्तरीय योजना बैठक पहिलो चरणको कार्य रहेको र यसबाट संकलन गरिएका समस्याहरुले अनुसन्धानमूलक विषय निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने निर्देशनालयका योजना शाखाका प्राविधिक अधिकृत रविन गिरीले बताए । कृषकहरुले औंल्याएका कतिपय समस्याको समाधानका लागि पहिले नै प्रविधि हातमा रहे पनि उपलब्ध प्रविधि कृषकसम्म पुग्न नसकेकोले कृषक समस्यामा परेको र कतिपय समस्या नयाँ एवं निरन्तर आइरहने प्रकृतिका हुने हुँदा सो सम्बन्धमा निरन्तर अनुसन्धान गरिरहनुपर्ने गिरीको भनाई छ । 

No description available.

गाउँ स्तरको कार्यक्रम पश्चात प्रदेश स्तरको कृषि प्राविधिक कार्य समूह बैठक आयोजना गर्ने निर्देशनालयको लक्षित कार्यक्रम छ । निर्देशनालयले यस अघि रोल्पाको माडिचौरमा पहिलो गाउँ स्तरिय योजना बैठक सम्पन्न गरिसकेको छ ।

No description available.No description available.


प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP