नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जिल्लाभरमा तीन वटा मात्रै मोटरसाइकल
जिल्लाभरमा तीन वटा मात्रै मोटरसाइकल
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २८, २०७६ बागेश्वरी पोस्ट
जिल्लाभरमा तीन वटा मात्रै मोटरसाइकल
सांकेतिक तस्बिर

सुर्खेत । मोटरसाइकल सहर बजारका प्रायः घरघरमा हुन्छन्। ठूलो परिवार छ भने एउटै घरमा तीनरचारवटा देखिन्छन् तर, कर्णालीको हिमाली जिल्ला हुम्लामा तीनवटा मात्र मोटरसाइकल सञ्चालनमा छन्।

भौगोलिक विकटतासँगै सडक सञ्जालको सहज पहुँच नहुनु र हेलिकोप्टर चार्टर गरेर लिँदा ढुवानी महँगो हुँदा हुम्ली जनताले यसको प्रयोगमा खासै चासो दिएका छैनन्। सडक सञ्जाल जोडिएका क्षेत्रमा पनि ढुवानी महँगो हुँदा सर्वसाधारण सहजै खरिद गर्न सक्दैनन्, जसले पैदल तथा क्षमताभन्दा बढी यात्रु बोकेका सवारी साधन प्रयोग गर्न बाध्य छन्।

हाल यहाँ सिमकोट गाउँपालिका, हिल्सा–सिमकोट सढक योजना र एल्वाङ गुम्बामा एक÷एकवटा मोटरसाइकल छन्। जिल्लामा मोटरसाइलक बिक्रेता नहुँदा पनि यहाँका बासिन्दाले किन्न नसकेको यहाँका बासिन्दाको भनाइ छ। २०७५ सालमा सिमकोट गाउँपालिकाले करिब पाँच लाख रूपैयाँमा मोटरसाइकल खरिद गरेको थियो। सुर्खेतबाट ल्याउँदा प्रतिकेजी एक सय १० र नेपालगन्जबाट ढुवानी गर्दा एक सय २० रूपैयाँमा खरिद हुने सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताए।

‘पहिला मोटरसाइकल विचार गर्नलाई ल्याएका हौं,’ उनले भने, ‘अहिले अपरिहार्य जस्तै भएको छ।’ अटोमोबाइल अहिले दैनिक जीवनको अभिन्न अंग बन्दा पनि हुम्ली जनता यसबाट टाढा छन्। हुम्ला अहिलेसम्म पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन। राष्ट्रिय सडक सञ्जालसँग हुम्ला नजोडिए पनि आन्तरिक सडक सञ्जाल भने विस्तार भएका छन्। २०६८ को जनगणना अनुसार यहाँ ५० हजार आठ सय ५८ जनसंख्या छ।

चीनसँग सीमा जोडिएको हिल्सादेखि हुम्ला सदरमुकाम सिमीकोटसम्मको ९४ किलोमिटरमध्ये ८४ किलोमिटर सडक खनिएको छ। सदरमुकाम सिमीकोटदेखि खार्पुनाथ गाउँपालिकासम्म पाँच किलोमिटर सडक सञ्चालनमा छ। सर्केगाट गाउँपालिकादेखि चंखेलीको सत्तीसल्लासम्म ११ किलोमिटर सडक छ। हुम्लामा ६० भन्दा धेरै ठूला तथा सानासवारी साधन सञ्चालनमा छन्।

सडक सञ्जाल विस्तार भएपछि यहाँ पनि मोटरसाइकलप्रति आकर्षण बढ्ने हिल्सा–सिमकोट सडक योजनाका प्रमुख शसांक मिश्रले जनाए। ‘हामी सडक विस्तारका क्रममा जुटेका छौं,’ उनले भने, ‘सडक भयो भने दुई पांग्रेसँगै अन्य सवारी साधान प्रयोग गर्नेको संख्या बढ्छ।’

सडक विस्तार नहुँदा दुई पांग्रेस सवारी साधान नभित्रिएको खार्पुनाथ यातायात प्रालिका अध्यक्ष सरोज रावतले जनाए। ‘जहाज तथा हेलिकोप्टरबाट यहाँ मोटरसाइलक ढुवानी गर्नुपर्छ,’ उनले भने, ‘त्यो सम्भव छैन।’ नागरिकन्युजबाट साभार।


प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  ०७:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP