नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्ती सोनारीले मौवाको स्थानीय मदिरा उत्पादन गर्दै
राप्ती सोनारीले मौवाको स्थानीय मदिरा उत्पादन गर्दै
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक १६, २०८० बागेश्वरी पोस्ट
राप्ती सोनारीले मौवाको स्थानीय मदिरा उत्पादन गर्दै

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले स्थानीय मदिरालाई प्रवर्द्धन गर्न लिएको लक्ष्य अनुरुप पहिलोपटक मौवाको स्थानीय मदिरा परीक्षण उत्पादन सुरु हुने भएको छ । प्रदेश सरकारले बाँकेको राप्ती सोनारी गाउँपालिकामा पहिलोपटक मौवाको स्थानीय मदिरा परीक्षण उत्पादन तथा व्यवस्थापन सम्बन्धी कार्यक्रमको आयोजना गर्ने भएको हो ।

राप्ती सोनारी गाउँपालिका र पर्यटन डिभिजन कार्यालय बाँकेले पालिकाको कार्यालयमा बैठक बसेर आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम ‘मौवाको स्थानीय मदिरा परीक्षण उत्पादन तथा व्यवस्थापन’ संचालन गर्ने निर्णय गरेका छन् । पर्यटन डिभिजन कार्यालय प्रमुख दिनेश अधिकारी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकिय अधिकृत ओमप्रकास देवकोटालगायत राप्ती सोनारीका विभिन्न वडाका वडाअध्यक्षको उपस्थितिमा उक्त कार्यक्रम संचालन गर्ने निर्णय गरिएको हो । निर्णय अनुसार मौवाको स्थानीय मदिरा उत्पादन परीक्षण राप्ती सोरारीको वडा नम्बर ३ र ४ संचालन गर्ने निर्णय भएको पालिकाका अध्यक्ष पौडेलले बताए ।

अध्यक्ष पौडेलका अनुसार स्थानीय उत्पादनबाट बनाइएको मदिरालाई ‘ब्रान्डिङ’गर्न सके रोजगारीदेखि आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । 

पर्यटन डिभिजन कार्यालय प्रमुख अधिकारीले लुम्बिनी प्रदेशका अन्य स्थानभन्दा राप्ती सोनारीका सामुदायिक वनहरुमा बढी मौवा उत्पादन हुने भएका कारण राप्ती सोनारीलाई छनौट गरिएको बताए । उनले मौवाको स्थानीय मदिरा उत्पादनका लागि दुईवटा वडाका ३० घरहरु छनौट गरिने बताए । 

‘यो परीक्षण काल हो । अब हामी शुक्रबार जान्छौं र ३० घरधुरी छनौट गरेर उहाँहरुलाई मदिरा उत्पादन गर्न आवश्यक सामग्री खरिद गर्नेछौं । छनौट भएका घरधुरी सबैलाई एकै पटक नभएर फरक फरक समयमा मदिरा उत्पादन गर्न दिन्छौं र उहाँहरुले उत्पादन गरेका मदिरा पनि फरक फरक बोतलमा राख्छौं,’ अधिकारीले भने । 

अधिकारीका अनुसार मौवाको स्थानीय उत्पादन परीक्षणका लागि परामर्श दातासमेत राखिने छ भने आवश्यकता अनुसार गुणस्तर नापतौलसँग पनि समन्वय रहनेछ । 

पर्यटन डिभिजनको मौवाको स्थानीय मदिरा उत्पादन परीक्षण कार्यक्रममा हाल राप्ती सोनारी गाउँपालिकाले समन्वयको भूमिका निभाएको अधिकारी बताए । उनका अनुसार प्रदेश सरकारले स्थानीय फलफूलबाट मदिरा उत्पादन गर्नका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । जसमध्येबाट पर्यटन विभागले राप्ती सोनारीमा मौवाको स्थानीय मदिरा उत्पादन परीक्षण गर्न लागको हो ।

अधिकारी मौवाको स्थानीय मदिरा उत्पादन परीक्षण सफल भएको खण्डामा उक्त क्षेत्रका स्थानीयहरुको आयआर्जनको स्रोत थपिने बताउँछन् ।

 


प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP