Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • भूकम्पीय पूर्व तयारी सम्बन्धि अभिमुखीकरण
भूकम्पीय पूर्व तयारी सम्बन्धि अभिमुखीकरण
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २३, २०८० बागेश्वरी पोस्ट
भूकम्पीय पूर्व तयारी सम्बन्धि अभिमुखीकरण

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका भूकम्पको जोखिममा छ । यहाँका वडा नम्बर ३ र ७ अझ बढी जोखिममा छन् । पश्चिम नेपालमा ठूलो भूकम्प जान सक्ने प्रक्षेपणपछि नेपालगन्जमा पूर्व तयारी स्वरुप सचेतनासंगै विभिन्न कामहरु भइरहेका छन् । जोखिमयुक्त ठाउँहरुको नक्सांकन गरेर सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ । त्यसका लागि वडा नम्बर ३ र ७ लाई छनौट गरी पूर्व तयारीका कामहरु भइरहेका छन् । यसका अलावा अन्य वडाहरुमा पनि सचेतीकरणका कार्यक्रम भइरहेका छन् ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले आज वडा नम्बर ८ र ११ का सरोकारवालासंग वडास्तरमा विपद व्यवस्थापनमा गर्न सकिने गतिविधिकाका बारेमा छलफल एवं अभिमुखीकरण गरेको छ । वडा अध्यक्ष, वडा सचिव लगायत सहभागी कार्यक्रममा युनिसेफका नरेश निदालले भूकम्पको जोखिम, जोखिम न्यूनीकरणका लागि सुपरले गरिरहेका गतिविधि, सरोकारवालाको चासो र सक्रियता, नागरिक दायित्व लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए । उनले हरेक वडाले पहिलो कामको रुपमा जोखिम नक्सांकन गर्नुपर्ने बताए । उनले जोखिम नक्सांकनपछि मात्र भूकम्पीय पूर्व तयारी र प्रतिकार्यका लागि कार्ययोजना बनाएर अघि बढ्न सक्ने बताए ।

आपतकालीन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले वडास्तरमा विपद व्यवस्थापनमा गर्न सकिने गतिविधिका बारेमा प्रस्तुतिकरण गरेका थिए । उनले वडा स्तरमा विपद व्यवस्थापन समिति गठन, विपद पूर्व तयारी र प्रतिकार्य कार्यदल गठन, दक्ष जनशक्ति उत्पादन र परिचालन, खोज उद्दारमा सामान खरिद र भण्डारण, विपद व्यवस्थापन कोष स्थापना, विमा कार्यक्रम लागू, खुला स्थानको पहिचान लगायतका गतिविधि वडास्तरमा हुनुपर्ने बताए । उनले सुरक्षित संरचनाले मात्र भूकम्पको जोखिम टर्न सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका विपत समिति संयोजक एवम् वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप, वडा नम्बर ८ का वडा अध्यक्ष रजनिश वाजपेयी (विवेक) ले भूकम्पको जोखिम कम गर्न आवश्यक पूर्व तयारी र सावधानीका लागि तदानुरुपका क्रियाकलाप संचालन गर्ने बताउँदै नागरिक स्तरमा सचेतता अभिवृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाए । नेपाल रेडक्रस सोसाइटी सदरलाइन शाखाका सभापति ओमप्रकाश आजादले भूकम्पबाट हुने क्षती न्यूनीकरणका लागि नेपालगन्जमा भइरहेका प्रयास सराहनीय रहेको बताए । 


प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP