prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कुसुम स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु, पन्ध्र रोगको परीक्षण हुने
कुसुम स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु, पन्ध्र रोगको परीक्षण हुने
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २३, २०८० बागेश्वरी पोस्ट
कुसुम स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु, पन्ध्र रोगको परीक्षण हुने

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित स्वास्थ्य चौकीमा ल्याव (प्रयोगशाला) सेवा सुरु भएको छ । बुधबार गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले ल्याव सेवाको उद्घाटन गरेका हुन्  । कार्यक्रमलाई सम्वोधन गर्दै पालिका अध्यक्ष पौडेलले पालिकालाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यका साथ काम गरिएको बताए । सबै नागरिकहरुले सहज र सरल तरिकाले सेवा प्राप्ती गरुन भन्ने पालिकाको उद्देश्य रहेको पनि उनले सुनाए । 

सीमित स्रोत साधनलाई अधिकतम उपयोग गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी गराउने गरी पालिकाले काम गरिरहेको उनको भनाइ छ । ‘पालिकासँग निश्चित बजेट छ उनले भने–‘थोरै बजेटबाट पनि कुसुम स्वास्थ्य चौकीमा ल्याव जडान गरेर सेवा प्रारम्भ गरेका छौं ।’ कुसुम स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु गरिएपछि सामान्य रोगको पहिचानका लागि छिमेकी जिल्ला दाङको लमही वा बैजापुर अस्पताल, कोहलपुर र नेपालगन्ज पुग्नुपर्ने त्यस क्षेत्रका बासिन्दाको समस्या हल भएको समेत उनले बताए । स्वास्थ्य, शिक्षा जस्ता आधारभूत सेवाहरुलाई पहुँचमैत्री र प्रभावकारी बनाउने गरी पालिका लागि परेको भन्दै उनले त्यसका लागि सबैको सहयोग र साथको आवश्यकता समेत औंल्याए ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले भुगोलका हिसावले पालिकाको पूर्वी क्षेत्रमा रहेको कुसुममा ल्याव सेवा सुरु भएपछि यस क्षेत्रका नागरिकहरुलाई ठूलो राहत मिलेको बताए । स्वास्थ्य चौकीलाई स्तरीय बनाउँदै लगिएको बताउँदै उनले सेवा प्रवाहलाई पनि बिरामीमैत्री बनाइएको बताए । ‘पालिकाका सबै स्वास्थ्य चौकीहरुलाई स्तरीय बनाउँदै लगिएको छ उनले भने–‘कम्तिमा पनि नागरिकहरुले आफ्ना घरछेउबाटै सर्वसुलभ सेवा प्राप्त गरुन भन्ने उद्देश्य हाम्रो हो ।’ 

यसैगरी कार्यक्रममा बोल्दै नेपाल रेडक्रस जिल्ला शाखा बाँकेका सह–महामन्त्री तेज बहादुर सुवेदीले स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु भएपछि स्थानीयबासीलाई ठूलो राहात मिलेको बताए ।

उनले सामान्य खाले रोगको परीक्षणका लागि सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य भएको भन्दै यसलाई प्रभावकारी र गुणस्तरीय बनाउन सुझाव दिए । ‘ल्याव संचालनपछि यहाँका गरिव तथा विपन्न समुदायका मानिसहरुलाई राहात मिलेको छ उनले भने–‘ल्याव नियमित चलोस्, विश्वसनीय रिपोर्ट प्राप्त होस् । छिटोछरितो होस् ।’

राप्ती सोनारी गाउँपालिका–१ का वडा अध्यक्ष यमबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्वर ७ का वडा अध्यक्ष रामलखन थारु, वडा नम्वर ४ का वडा अध्यक्ष मिनराज खड्का, वडा नम्वर २ का वडा अध्यक्ष ज्ञानुराज वली लगायत स्थानीय समाजसेवी, बुद्धिजीवि, शिक्षक लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकाको रु. पाँच लाखको बजेटमा कुसुम स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु भएको हो ।

उक्त ल्यावबाट पन्ध्र वटा रोगको परीक्षण हुनेछ । स्वास्थ्य चौकीको ल्याव संचालनका लागि बैजापुर अस्पतालबाट ल्यावटेक्निसियन स्मृति कुसुमियालाई खटाइएको छ । चालू आर्थिक वर्षमा पालिकाले कुसुम स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु गरेको पहिलो हो भने हालसम्म राप्ती सोनारी गाउँपालिकाका स्वास्थ्य संस्थामा पाँच वटा ल्याव जडान गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए । उनका अनुसार गएको वर्ष कचनापुर स्वास्थ्य चौकी, महादेवपुरी स्वास्थ्य चौकी, बैजापुर अस्पताल र बिनौना स्वास्थ्य चौकीमा पालिकाको आफ्नै लगानीमा ल्याव सेवा सुरु गरेको थियो ।

तिहार लगत्तै वडा नम्वर ६ मा रहेको स्वास्थ्य चौकीमा पनि ल्याव सेवा सुरु गरिने स्वास्थ्य शाखा प्रमुख केसीले बताए । कुसुम स्वास्थ्य चौकीमा सिनियर अहेव अमरसिंह महतराको कमाण्डमा ९ जना कर्मचारी थिए । ल्याव टेक्निसियन पनि खटाइएपछि अव यो स्वास्थ्य चौकीमा १० जना कर्मचारी पुगेका छन् । तीन जना अहेव, तीन जना नर्सिङ स्टाफ, दुई जना कार्यालय सहयोगी यसअघि नै कार्यरत रहेका छन् । कुसुम स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर पनि संचालनमा रहेको छ । कुसुम स्वास्थ्य चौकीबाट, बैरिया, बर्दापुर, लौकी, चपरगौडी, बाघखोर, बासखोली, भवानीयापुर, खोकरी, भम्का, सिक्टा, गाभर लगायतका स्थानीयबासीले सेवा लिने गरेका छन् ।

 


प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP