Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा रातो नम्बर प्लेटका इ-रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाइने
नेपालगञ्जमा रातो नम्बर प्लेटका इ-रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाइने
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २४, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्जमा रातो नम्बर प्लेटका इ-रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाइने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले रातो नम्बर प्लेटका इ-रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाउने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाबीचको वैठकमा निजी प्रयोजनका लागि खरिद गरिएका रातो नम्बर प्लेटका इ-रिक्सामा यात्रु बोक्ने क्रम बढेपछि अबदेखि यात्रु बोक्न प्रतिबन्ध लगाइने भएको हो ।

रातोलाई कालो नम्बर प्लेट बनाउन लगाउने र त्यसका लागि १५ दिने सूचना जारी गर्ने निर्णय गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ-रिक्सा रातो नम्बर प्लेटमा चलिरहेकोले ती इ-रिक्सालाई कालो नम्वर प्लेट बनाउन लगाउने र त्यसका लागि सम्बन्धित सवारी धनीलाई जानकारी गराउन १५ दिने सूचना जारी गर्ने निर्णय गरिएको छ ।

No description available.

यस्तै नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र पर्ने इ-रिक्सा चलाउने अधिकांश चालकहरुले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) विना नै इ-रिक्सा चलाइरहेकले ती चालकलाई लाइसेन्स दिलाउनका लागि नेपालगन्ज उपमहानगरपालिका, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी लगायत सम्पूर्ण सरोकारवालाको समन्वयमा सहजीकरण गरिदिने निर्णय भएको छ । रातो नम्बर प्लेटका इ-रिक्सालाई कालो नगराएको अवस्थामा प्रचलित कानुन बमोजिम कार्वाही गरिनेछ ।

यस्तै फोहोरमैलामैला व्यवस्थापन प्रभावकारी बनाउन सरोकारवालाबीच समन्वय वैठक बसी समाधान गर्ने निर्णय समेत भएको नगर प्रमुख विष्टले बताए ।

No description available.

नेपालगञ्ज उपमहानगरपालिकामा हाल २ हजार ८ सय इ-रिक्सा मात्र सूचीकृत भएका छन् । नगरमा नियम-कानुन विपरीत जथाभावी इ-रिक्सा गुडेपछि दुर्घटना बढेको छ । त्यसलाई रोक्न कडा नियमन गरिने भएको हो । नेपालगन्जले थेग्न सक्ने भन्दा ठूलो संख्यामा इ-रिक्सा गुडेकाले त्यसलाई नियमन गर्न इ-रिक्सा व्यवस्थापनको कार्य प्रभाकारी ढंगले अघि बढाउन सरोकारवालासंग वैठक गरेर आवश्यक निर्णय गरिएको विष्टको भनाई छ । नेपालगन्ज उपमहानगरपालिकाले इ-रिक्सा व्यवस्थापनका लागि निरन्तर पहलकदमी लिँदै आएको छ ।

वैठकमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, ट्राफिक प्रहरी प्रमुख गोपीचन्द्र सुवेदी, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि, नेपालगन्ज उद्योग बाणिज्य संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि लगायत सरोकारवाला उपस्थित थिए । 

No description available.No description available.


प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP