Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • मुस्लिम धर्म गुरु शुफि शाहको अन्तिम बिदाइमा नरैनापुरमा उर्लियो जनसागर
मुस्लिम धर्म गुरु शुफि शाहको अन्तिम बिदाइमा नरैनापुरमा उर्लियो जनसागर
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर ९, २०८० बागेश्वरी पोस्ट
मुस्लिम धर्म गुरु शुफि शाहको अन्तिम बिदाइमा नरैनापुरमा उर्लियो जनसागर

नरैनापुर । मुस्लिम धर्मगुरु एवं शुफि  मुस्ताक अहमद शाहको शनिबार इस्लामिक परम्परा अनुसार सम्मानका साथ अन्त्यष्टि गरीएको छ । नरैनापुरको मियापुर्वामा रहेको मुस्लिमहरुको प्रशिद्ध धार्मिक स्थल आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा शाहको अन्त्यष्टि गरिएको हो ।

धर्म गुरु एवं शुफि मुस्ताक अहमद शाहलाई पूर्व मन्त्री एंव लुम्बिनी प्रदेशसभा सदस्य कृष्ण केसी 'नमुना', उत्तर प्रदेश सरकारको बिधायक इन्द्रेणी बर्मा, संविधान सभाका सदस्य अब्दुल हमिद सिद्धिकि , जानकी गाउँपालिका अध्यक्ष छब्बन खान, भारतीय समाजवादी पार्टीका नेता दिलशाद पठान, बरिष्ठ पत्रकार सिराज खान, नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, वडा अध्यक्षहरु इसाक जोलाह, मसुद अहमद शाह, अजय मिश्रा, मनोज शर्मा, कृष्ण मौर्य , प्रेम मौर्य, लेखा अधिकृत भरत बस्नेत, जिन्सी शाखा प्रमुख भरत महतो, नरैनापुरका प्रेस बिज्ञ आलम खान लगायतले शाहको पार्थिव शरीरमा फुलको गुच्छा लगाएर सम्मान व्यक्त गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । 

शाहको ७८ वर्षको उमेरमा बिहिबार राति ११ बजे भारतको दिल्लीमा रहेको मेक्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

'शाह कसैको आँखामा नबिझाउने व्यक्ति थिए,' वडाध्यक्ष इसाक जोलाहले भने, 'उपचारको क्रममा मृत्यु भएको खबर पाए पनि तत्काल विश्वास गर्न सकिरहेका थिएनाैं ।' 

उनले भने, 'शाहको मृत्युले ठुलो क्षति पुगेको छ,‌ उहाँ नेपालका लागि मात्र नभएर भारतको धेरै व्यक्तिहरु उहाँको बिश्वासि रहेकै कारण अन्तिम संस्कारमा हजारौंको जनसागर उर्लियो ।' 

उत्तर प्रदेशका बिधायक इन्द्रेणी बर्माले शाहको निधनले नेपाललाई जति क्षति भएको छ त्यो भन्दा बढी भारतलाई भएको बताए । उनले भने- 'उहाँ सबै धर्मको साझा व्यक्तित्व हुनुहुन्थ्यो । विभेद रहित समाज निर्माण गर्न र समस्याहरुलाई समाधान गर्न इश्वरीय शक्ति प्राप्त व्यक्तिलाई गुमाउँदा निकै दुःख भएको भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । 

अन्तिम संस्कारमा बाँके, बर्दिया, भारतको उत्तर प्रदेश, राजस्थान लगायत बिभिन्न ठाउँबाट शाहका आफन्त र भक्तजनहरुको सहभागिता रहेको थियो । निधन भएका शुफि मुस्ताक अहमद शाह नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहका ठुलो दाजु हुन् ।


प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP