नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, वैशाख २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीको नि:शुल्क स्वास्थ्य शिविरमा ६ सय बढीले लिए सेवा
राप्तीसोनारीको नि:शुल्क स्वास्थ्य शिविरमा ६ सय बढीले लिए सेवा
बागेश्वरी पोस्ट
आइतबार, मंसिर १०, २०८० बागेश्वरी पोस्ट
राप्तीसोनारीको नि:शुल्क स्वास्थ्य शिविरमा ६ सय बढीले लिए सेवा

बाँके । राप्तीसोनारी गाउँपालिकामा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६१५ जनाले सेवा लिएका छन् ।

गाउँपालिकाको वडा नम्बर ९ स्थित जनता माविमा  राप्तीसोनारी गाउँपालिकाले बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ अर्जुनबाण गण ओभरी र एचसीआरसीसँगको समन्वय र सहकार्यमा आयोजना शनिबार गरिएको निःशूल्क स्वास्थ्य  शिविरमा ६१५ जनाले सेवा लिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए ।

उनका अनुसार स्थानीयबासीलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यका साथ शिविर आयोजना गरिएको हो । स्त्री तथा प्रसूति सेवा ११२ जनाले, अर्थोपेडिक सेवा २४८ जनाले, मेडिसिन सेवा २५० जनाले, छाला रोग उपचार सम्वन्धी सेवा ६२ जनाले, इएनटी सेवा २६१ जनाले र मुटु रोग सम्वन्धि सेवा ८० जनाले लिएको केसीले बताए । त्यसमा ३२ जनाले ल्याव सेवा र ४५ जनाले इसीजी सेवा समेत लिएका थिए । 

अर्जुनबाण गणका अर्थोपेडिक सर्जन डा.अमृतरत्न शाक्य, नेपाली सेनाकै फिजिसियन डा.सुरेश कायस्थ, भेरी अस्पतालका कार्डियोलोजिष्ट डा.विकास नेपाल, डर्माटोलोजिष्ट डा.कमलजंग शाही, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मञ्जु विसी शाह, इएन्टी सर्जन डा.कविर वास्तोलासहित पालिकाका १५ जना स्वास्थ्यकर्मीले बिरामीलाई सेवा दिएका थिए ।

निःशूल्क स्वास्थ्य शिविरको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले विशेषज्ञ  चिकित्सकसहितका यस्ता शिविरले स्वास्थ्य सेवासँगको पहुँच स्थापित हुने बताए । उनले गाउँपालिकाले स्वास्थ्य सेवालाई सबैको पहुँचमा ल्याउन प्रभावकारी ढंगबाट काम गरिरहेको पनि बताए । आफ्नै टोल तथा छरछिमेकमा हुने यस्ता शिविरले विशेषज्ञ सेवा लिन बजार धाउनुपर्ने अवस्थाको अन्त्य गरेको अध्यक्ष पौडेलले बताए ।

बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ अर्जुनबाण गणसँगको सहकार्यमा अन्य ठाउँमा पनि स्वास्थ्य शिविर राख्ने गरी पालिकाले योजना बनाउने पनि उल्लेख गरे । गाउँपालिकाका उपाध्यक्ष मनिषा थारुले पालिकाले स्वास्थ्य सेवालाई प्राथमिकता दिएर काम गरिरहेको बताइन् । उनले बाआमासँग अध्यक्ष, गर्भवतीसँग उपाध्यक्ष लगायतका कार्यक्रमहरु गरेर पालिकाले सबै उमेर समूहका व्यक्तिहरुको स्वास्थ्यप्रति संवेदनशीताको नमूना देखाएको बताइन् । 

उनले घरदैलोमा आयोजना गरिने स्वास्थ्य शिविरले खासगरी महिला, जेष्ठ नागरिकहरुलाई लाभ पुग्ने विश्वास व्यक्त गरिन् । बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ अर्जुनबाण गण ओभरीका निमित्त गणपति गंगाधर खत्रीले स्थानीय सरकारले आयोजना गरेको शिविरमा  समन्वय र सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपाली सेना जनताको सेवाका निमित्त सधैं तयार रहेको बताए । 


प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १०:१२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP