नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • स्वास्थ्यमा फड्दो मार्दै राप्तीसोनारी
स्वास्थ्यमा फड्दो मार्दै राप्तीसोनारी
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर १३, २०८० बागेश्वरी पोस्ट
स्वास्थ्यमा फड्दो मार्दै राप्तीसोनारी

राप्तीसोनारी ।  बाँकेस्थित  राप्तीसोनारी गाउँपालिकाको स्वास्थ्यतर्फ ८ करोड बढी बजेट विनियोजन भएको छ । चालू आर्थिक वर्ष २०८०-०८१ का लागि संघीय सरकारको ४ करोड ३८ लाख, प्रदेशको १५ लाख र पालिका आफैंको ३ करोड ३५ लाख गरी कूल ८ करोड १७ लाख बजेट विनियोजन भएको हो । 

संघीय सरकारले पठाएको ४ करोड ३८ लाख बजेटमध्ये २ करोड ५३ लाख बजेट भने कर्मचारीको तलवभत्ताका लागि विनियोजन भएको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए । अन्य बाँकी बजेटबाट आधारभूत स्वास्थ्य चौकीमा औषधी खरिद, आमा सुरक्षा कार्यक्रम, नवजात शिशु, मातृ तथा आमा सुरक्षा, विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम, महिला स्वास्थ्य स्वयमसेविका कार्यक्रम लगायतमा विनियोजन भएको पनि केसीले बताए ।

केसीका अनुसार आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका लागि औषधी खरिदमा १२ लाख ७४ हजार, आमा सुरक्षा कार्यक्रममा ४१ लाख, स्थानीय तह मार्फत मातृ तथा नवशिशु कार्यक्रममा १७ लाख ७५ हजार, स्थानीय तहतर्फ मातृ तथा नवजात शिशु कार्यक्रम अन्तर्गत आमा सुरक्षा, गर्भवती उत्प्रेरणा सेवा, रक्तसंचार, न्यानो झोला, निशुल्क गर्भपवत र नवजात शिशुको निशुल्क उपचार कार्यक्रमका लागि ४४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रमका लागि २० लाख ८३ हजार र महिला स्वास्थ्य स्वयम सेविकातर्फ २४ लाख १७ हजार रुपैयाँ विनियोजन गरिएको पनि उनले बताए । त्यसैगरी पालिका आफैले ३ करोड ३५ लाख विनियोजन गरेको छ । त्यसमा २ करोड ७४ लाख रुपैयाँ करारका कर्मचारीको तलव भत्तामै खर्च हुने पनि स्वास्थ्य शाखा प्रमुख केसीले वताए । पालिकामा दुई जना चिकित्सक सहित ६५ जना करारका कर्मचारी छन् ।

स्टाफ नर्स, अनमी, अहेवदेखि सरसफाईकर्मी र एम्वुलेन्स चालकलाई पनि करारमा राखिएको छ । यस्तै स्थायीतर्फ ४५ जना कर्मचारी छन् । लुम्विनी प्रदेश सरकारले स्वास्थ्य तर्फबाट १० लाख बजेट विनियोजन गरेको छ । सिकलसेल एनिमिया, प्रयोगशाला निर्माण र सोलार जडानका लागि भनेर १० लाख बजेट प्रदेशबाट आएको केसीको भनाइ छ ।

सिकलसेल एनिमिया सम्वन्धी कार्यक्रम र जेष्ठ नागरिक घुम्ती शिविरका लागि ५ लाख, राप्तीसोनारी गाउँपालिका–७ मा रहेको हेल्थपोष्टमा सोलार जडानका लागि ५ लाख र वडा नं. ६ मा रहेको हेल्थपोष्टमा प्रयोगशाला सामाग्री र वाल-वाउण्ड्रीका लागि ५ लाख गरी बजेट विनियोजन भएको छ ।

गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले स्वास्थ्य सेवालाई सर्वसुलभ र पहुँचयोग्य बनाउने गरी पालिकाले काम गरिरहेको बताए । अध्यक्ष पौडेलले एक्सरे, ल्याव, बाआमासँग अध्यक्ष कार्यक्रम, गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम, अपांगता भएका व्यक्ति लक्षित, पाठेघरको मुखको क्यान्सर चेकजाँच जस्ता कार्यक्रमलाई प्राथमिकता दिएर पालिकाले काम गरिरहेको समेत उल्लेख गरे ।

‘सबै नागरिकहरुले सहज र सरल तरिकाले सेवा प्राप्ती गरुन् भन्ने पालिकाको उद्देश्य छ,' पौडेलले  भने–‘सीमित स्रोत साधनलाई अधिकतम उपयोग गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी गराउने गरी पालिकाले काम गरिरहेको छ ।’

पालिकाले हालसम्म राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य संस्थामा पाँच वटा ल्याव जडान गरिसकेको छ । चालू आर्थिक वर्षमा खास कुश्मा स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु गरिएको छ । गएको वर्ष कचनापुर स्वास्थ्य चौकी, महादेवपुरी स्वास्थ्य चौकी, बैजापुर अस्पताल र बिनौना स्वास्थ्य चौकीमा पालिकाको आफ्नै लगानीमा ल्याव सेवा सुरु गरेको थियो । अव वडा नम्वर ६ मा रहेको स्वास्थ्य चौकीमा पनि ल्याव सेवा सुरु गर्ने गरी तयारी थालिएको अध्यक्ष पौडेलले बताए ।

गाउँपालिकाले चालू आर्थिक वर्षमा विशेष गरी आँखा र कान सम्वन्धी महत्वपूर्ण शिविरहरु सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए । यो अवधिमा चार ठाउँमा आँखा शिविर गरिएको र त्यसमा ७३४ जनाले प्रत्यक्ष सेवा लिएका थिए । आँखा चेकजाँच गरिएकामध्ये १७४ जनाको तिलगंगा आँखा अस्पतालको शाखा कार्यालय दाङमा शल्यक्रिया गरिएको थियो । 

त्यसैगरी व्रिनोज कान स्याहार केन्द्र नेपालगन्जसँगको सहकार्यमा १० वटा कान उपचार शिविर आयोजना गरिएको थियो । त्यसमा ६६६ जनाको कान चेकजाँच गरिएकोमा ६२ जनाको शल्यक्रिया गरिएको पनि देवकोटाले  जानकारी दिए । ९ वटा वडा रहेको राप्तीसोनारीमा एउटा आधारभूत अस्पताल रहेको छ भने पाँच वटा स्वास्थ्य चौकी, तीन वटा आधारभूत स्वास्थ्य केन्द्र र एउटा सामुदायिक स्वास्थ्य इकाई रहेको छ ।


प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
शीतलहरले तराईको जनजीवन कष्टकर
शीतलहरले तराईको जनजीवन कष्टकर
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP