नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीमा ‘ग्रामीण आँखा केन्द्र’ सन्चालनमा आउँदै
राप्तीसोनारीमा ‘ग्रामीण आँखा केन्द्र’ सन्चालनमा आउँदै
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर १४, २०८० बागेश्वरी पोस्ट
राप्तीसोनारीमा ‘ग्रामीण आँखा केन्द्र’ सन्चालनमा आउँदै

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा ग्रामीण आँखा केन्द्र सन्चालनमा आउने भएको छ । राप्तीसोनारी गाउँपालिका र नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानबीच आँखा केन्द्र सन्चालन गर्ने सम्झौता भएसँगै राप्तीसोनारी गाउँपालिका–४ बैजापुरमा आँखा केन्द्र संचालनमा आउन लागेको हो ।

आँखा केन्द्र स्थापनाको लागि नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठान तथा स्थानीय तह बीच पाँच वर्षका लागि सम्झौता भएको हो । गाउँपालिकाका तर्फबाट पालिका अध्यक्ष तप्तबहादुर पौडेल र प्रतिष्ठानका तर्फबाट परियोजना व्यवस्थापक रवि गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्  ।

राप्तीसोनारी अस्पतालबाटै सेवा प्रवाह गर्ने गरी केन्द्र सन्चालनमा ल्याउन लागिएको पालिकाका अध्यक्ष पौडेलले बताए । अध्यक्ष पौडेलले एक महिनाभित्रै आँखा उपचार सेवा दिने गरी पालिकाले प्रक्रिया अगाडि बढाइसकेको जानकारी पनि दिए । 

एक जना नेत्र सहायक र एक जना कार्यालय सहयोगी गरी दुई जना कर्मचारी केन्द्रमा हुनेछन्। त्यसका लागि विज्ञापन खोल्ने तयारी पालिकाले गरेको छ । पहिलो वर्ष प्रतिष्ठान र पालिकाले उनीहरुको तलवभत्ता ५०–५० प्रतिशत वेहोर्ने सहमति भएको छ । त्यसपछि भने पालिकाले क्रमशः बढाउँदै लैजाने र तीन वर्षपछि केन्द्रका सबै कर्मचारीको सम्पूर्ण तलव पालिकाले वेहोर्नु पर्नेछ ।

जनताको पहुँचमा पुग्न सक्ने गरी एकीकृत रुपमा आँखा स्वास्थ्य सेवा संचालन गर्ने उद्देश्यका साथ केन्द्र संचालनमा ल्याउन लागिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए । आँखा केन्द्र पालिकाको स्वास्थ्य शाखाको एकिकृत स्वास्थ्य सेवाको अंगको रुपमा रहने पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए ।केन्द्र स्थापनाको लागि आवश्यक उपकरणहरु तिलगंगा आँखा प्रतिष्ठानले खरिद गरेर केन्द्रको नाममा हस्तान्तरण हुने गरी सम्झौता भएको पनि उनले बताए ।

सबै जनताको पहुँचमा गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्ने, आँखा केन्द्रमा पहिचान भएका मोतिविन्दुका विरामीहरुको लगत राखी तिलगंगा आँखा प्रतिष्ठानसँग समन्वय गरी शल्यक्रिया शिविरमा प्रेषण गर्ने, आँखा स्वास्थ्य कार्यक्रमलाई प्रवर्द्धन गर्न निरन्तर रुपमा समुदायको सहभागिता र सहकार्यलाई ग्राहयता दिइने, आँखा स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रमहरु केन्द्रबाट सञ्चालन गरिने पनि केसीले बताए ।

केन्द्रबाट बिरामीको दृष्टि तथा चश्मा जाँच, विरामीको आँखा सम्बन्धी रोगहरुको परीक्षण तथा उपचार, आँखाको सामान्य शल्यक्रिया, सर्वसुलभ मुल्यमा औषधी तथा चश्माको बिक्री वितरण, आँखा रोग सम्बन्धी आकस्मिक सेवा प्रवाह हुनेछ । स्वास्थ्य सेवामा स्थानीयको पहुँच बढाउनेगरी पालिकाले स्वास्थ्य सेवालाई विस्तार गर्दै आएको अध्यक्ष पौडेलले बताए ।

 


प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP