नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • न्यायाधीशको राय बाझिएपछि बालकृष्ण खाँणको निर्णय अर्को इजलासमा
न्यायाधीशको राय बाझिएपछि बालकृष्ण खाँणको निर्णय अर्को इजलासमा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर १५, २०८० बागेश्वरी पोस्ट
न्यायाधीशको राय बाझिएपछि बालकृष्ण खाँणको निर्णय अर्को इजलासमा

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको राय बाझिँदा थुनामै रहने भएका छन् । उनको हकमा न्यायाधीशको राय बाझिएपछि थुनामै रहने भएका हुन् । पूर्व गृहमन्‍त्री खाणलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने अर्को इजलासले निर्णय गर्ने भएको छ । आज उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएको हो ।

दुई न्यायाधीशले दिएको राय बाझिँदा बालकृष्ण खाण थुनामा बस्ने कि धरौटीमा छुट्ने भन्ने निर्णय हुन सकेन । त्यस्तै अदालतले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । उनलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो । न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले आज रिजाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।

उच्च अदालतले नेपाली कांग्रेसका नेताले एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रुपैयाँमा धरौटीमा छोड्न आदेश दिएको हो । सोही प्रकरणमा थुनामा रहेका  नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अदालतले  थुनामै राख्न आदेश दिएको छ । अदालतले उनका छोरा सन्दीप रायमाझीलाई ३० लाख रुपैयाँ धरौटी माग गरेको छ भने हज समितिका अध्यक्ष रहेका शमशेर मियाँलाई पनि १० लाख रुपैयाँ धरौटी मागेको छ ।

साथै रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटी माग गर्ने अदालतले आदेश दिएको छ । लक्ष्मी महर्जन र आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ । यसअघि जिल्ला अदालत काठमाडौंले महर्जनलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

यसैगरी पूर्व गृह सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल र  आङटावा शेर्पा  सहित ८ जनालाई  थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको  छ ।

 

 


प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP