prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारी अस्पतालको सेवा स्तरीय बन्दै
राप्तीसोनारी अस्पतालको सेवा स्तरीय बन्दै
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर १७, २०८० बागेश्वरी पोस्ट
राप्तीसोनारी अस्पतालको सेवा स्तरीय बन्दै

राप्तीसोनारी ( बाँके ) । पार्वती कुमारी थारुलाई शरीर चिलाउने समस्या छ । उनलाई प्रेसर पनि छ । राप्तीसोनारी गाउँपालिका–४ बैजापुरस्थित राप्तीसोनारी अस्पतालमा उपचारका लागि पुगेकी स्थानीय ४१ वर्षीया पार्वतीलाई घरछेउँमै अस्पताल हुँदा सहज भएको अनुभूति सुनाउँदै भनिन्–‘राप्तीसोनारी अस्पताल नभएको भए सायद चेकजाँचका लागि कोहलपुर कि नेपालगन्ज जानुपर्ने थियो ।’

घरछेउँछाउँमा अस्पताल हुँदाको सहजता मीना थारुलाई पनि छ । तल्लो पेट दुख्ने र महिनावरी गडबडी समेत हुने समस्या झेल्दै आएकी उनी स्वास्थ्य परामर्शसँगै उपचार गर्न राप्तीसोनारी अस्पतालमा पुगिन् । ‘अस्पतालमा डाक्टरनै बस्ने भएकाले धेरै सहज भएको छ,' उनले भनिन्–‘समस्याबारे डाक्टरसँग परामर्श लिन्छु यहींको उपचारले ठिक भइहाले राम्रो भइहाल्यो । यदु डाक्टर सावले नेपालगन्ज जानुपर्छ भने उतै (नेपालगन्ज) जानु पर्ला ।’

पार्वती र मीना मात्र हैन, पछिल्लो समय राप्तीसोनारी अस्पतालमा ओपिडी सेवा लिनेको संख्या बढ्दै गएको छ । अस्पतालले आफ्नो सेवा प्रवाहलाई स्तरीय बनाएसँगै सेवा प्रवाहमा गुणस्तरियता थपिएको अनुभूति स्थानीयले गर्न थालेका छन् । राप्तीसोनारी गाउँपालिका–३ रिहारडाँडाका ३१ वर्षीय सन्तोषकुमार बर्माले सामान्य समस्या हुँदा नेपालगन्ज धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए ।

पेटको समस्या लिएर अस्पताल पुगेका उनले सामान्य रुघाखोकी, पेट दुख्ने, टाइफाइड, मौसमी ज्वरो जस्ता समस्याका लागि नेपालगन्ज जानुपर्ने अवस्था अब नरहेको सुनाए । ‘स्वास्थ्यमा सामान्य समस्या आउँदा पनि अत्तालिएर नेपालगन्ज जानुपर्ने अवस्था थियो,' उनले भने–‘अस्पतालका डाक्टरहरुनै बस्न थालेपछि परामर्श लिएर मात्रै निर्णय लिने गरेको छु ।’ सन्तोषको जस्तै भनाई छ संगीता थारुको पनि ।

राप्तीसोनारी अस्पतालको सेवा प्रवाह राम्रो भएकै कारण आफू उपचारको लागि अस्पताल आएको बताइन् । उनलाई रुघाखोकी र ज्वरो आएको छ । इमरजेन्सी वार्डमा भेटिएकी उनले छिटो-छरितो पनि हुने र ल्याव तथा एक्स रे सेवा समेत हुन थालेपछि धेरै सहज भएको बताइन् । ‘छिटो-छरितो सेवा पाइने, नेपालगन्ज आउन जान झन्झटबाट पनि मुक्त, पैसाको समेत बचत हुने भएपछि यो भन्दा सहज हाम्रो लागि अरु के हुन सक्छ ?’ उनले भनिन् ।

राप्तीसोनारी अस्पतालमा मेडिकल अधिकृतबाट सेवा दिन थालिएपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको हो । हिजोआज दैनिक ४०–५० जना बिरामीहरु बहिरङ्ग (ओपिडी) सेवा लिन आउने गरेको अस्पतालका मेडिकल अधिकृत डा.राम साहले बताए । 

उनका अनुसार सुगर, थाइरायड, टाइफाइड, ग्याष्ट्रिक, मौसमी रुघाखोकी, एलर्जी, छाला सम्वन्धी समस्या भएका बिरामीहरु आउने गरेको उनले बताए ।

‘स्वभाविकरुपमा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ,' उनले भने–‘यहाँ आउने अधिकांश बिरामीमा सुगर, थाइराइड, दम, मौसम प्रभाव समस्या देखिएका छन् ।’ अस्पतालले ओपिडी सेवा, ल्याव, एक्स रे, भिडियो एक्स-रे लगायतका सेवाहरु दिँदै आएको छ । 

त्यसैगरी चौविसै घण्टा इमरजेन्सी र डेलिभरी सेवा समेत प्रवाह गर्दै आएको उनले बताए । अस्पतालले दुई वटा ओपिडी सेवा दिने गरेको छ । पाँच वर्ष मुनिका बालबालिकालाई लक्षित गरेर एउटा र अर्को पाँच वर्षमाथिका सवै उमेर समूहलाई लक्षित गरेर ओपिडी सेवा दिने गरिएको डा. साहले बताए ।

उनका अनुसार अस्पतालसँग आफ्नै एम्वुलेन्स छ । जटिल खालका बिरामीलाई रिफर गर्ने गरिएको छ । अस्पताल प्रमुख समेत रहेका डा. साहले अस्पतालको सेवालाई थप स्तरीय बनाउने गरी काम भइरहेको सुनाए । अस्पतालले तत्काल आँखा जाँच सेवा समेत संचालन गर्ने तयारी गरेको छ । तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा आगामी महिनाभित्रै देखि आँखा उपचार सेवालाई समेत अगाडि बढाउने तयारीमा अस्पताल रहेको उनको भनाई छ । उनले अस्पतालले आफ्नै फार्मेसी सेवा समेत संचालनको तयारी गरेको छ ।

चालू आर्थिक वर्षको हालसम्म ६ हजार बिरामीलाई सेवा दिइएको उनको भनाई छ । दुई जना मेडिकल अधिकृत, स्टाफ नर्स, अनमीसहित अस्पतालसँग २५ जना जनशक्ति छन् । ‘बिरामीको चापको आधारमा अहिलेलाई जनशक्ति पर्याप्त छ,' उनले भने–‘सेवाहरु थप विस्तार हुँदै गएपछि जनशक्ति थप्नुपर्ने अवस्था आउन सक्छ ।’ राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले अस्पतालको स्तरबृद्धिका लागि पालिकाले पहल गर्दै आएको बताए ।

राप्तीसोनारीका स्थानीयबासीको स्वास्थ्यमा सहज पहुँच स्थापित गर्नका निमित्त पालिका हरसम्भव प्रयास गर्दै आएको उनको भनाई छ । पालिकाका अन्य वडामा रहेका स्वास्थ्य संस्थालाई समेत स्तरीय बनाउने योजनाका साथ पालिका लागिपरेको उनको भनाई छ ।


प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP