prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जब रामकृष्णले लिलबहादुरले पठाएको सहयोग सामग्री पाए...
जब रामकृष्णले लिलबहादुरले पठाएको सहयोग सामग्री पाए...
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर १७, २०८० बागेश्वरी पोस्ट
जब रामकृष्णले लिलबहादुरले पठाएको सहयोग सामग्री पाए...

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ७ पेडारीका रामकृष्ण थारुकी श्रीमती लालमोहनी लामो समयदेखि खुट्टाले हिंड्न नसक्ने भइसकेकी थिइन् । घर बनाउने मिस्त्री सीपले अर्थोपार्जन गर्दै आएका रामकृष्णले श्रीमती अपांग हुँदा पनि तीन छोरोछोरी र एक वृद्ध आमाको लालनपालन राम्रैसँग गरिरहेका थिए । ईट्टाको घर बनाउनका लागि जग हालिसकेका थिए । तर, करिब चार वर्ष अघि उनी पनि एक्कासी खुट्टा नचल्ने अवस्थामा पुगे । उपचारका लागि भारतको लखनउसम्म गए । तर, उपचार हुन सकेन । अहिले उनी आफूपनि सहारा नभइकन उठ्न समेत नसक्ने अवस्थामा छन् । श्रीमतीलाई त दिशापिसाब गराउन पनि सहारा चाहिने अवस्था छ । दुई छोरी र एक छोराका पिता रामकृष्णको उक्त परिवारलाई खाना पकाइदिन समेत रामकृष्णकी ७४ वर्षीया वृद्ध आमा बाहेक अर्को सदस्य छैन । जग हालेको घर अधुरै छ ।

श्रीमती हिँडडुल गर्न नसक्ने अवस्थामा परिवारको एक मात्र आधार रहेका रामकृष्ण आफैं अपांग बने यताको दिनचर्या उक्त परिवारका लागि दुसाध्य भइरहेको छ । रामकृष्णले वैशाखी समेत किन्न नसक्दा लौरोको भरमा खुट्टा सार्ने प्रयास गरिरहेका थिए । रामकृष्णको परिवारमा परेको कहरका विषयमा खबरगन्जले भिडियो सामग्री प्रकाशित गरेपछि खजुरा घर भई हाल अमेरिकामा रहेका लिलबहादुर थापाले खाद्यान्न, लत्ताकपडा र वैसाखी समेत उपलब्ध गराएका छन् ।

खबरगन्जको टिममार्फत उक्त सामग्री पाएपछि रामकृष्णको परिवारमा थोरै भएपनि खुसीयाली छाएको छ । लिलबहादुरले उपलब्ध गराएको न्यानो कपडा लगाएको सानो छोरालाई हेर्दै रामकृष्णले भने-'मसँग त छोराछोरीका लागि जाडोमा शरीर ढाक्ने कपडा किनिदिन समेत पैसा थिएन । यति सामग्री पाएपछि अहिलेलाई ठूलो राहत भएको छ । चामल पनि कम्तिमा ६ महिना त पुग्छ होला ।'

लिलबहादुरले रामकृष्णको परिवारका लागि करिब ४० हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएका हुन् । चामल, दाल, पीठो, नुन, तेल, चिउरा, परिवारका ६ जनाका लागि एक एक जोर न्यानो कपडा, तीन वटा सिरक र अन्य घरायसी सामग्रीहरु खबरगन्ज मिडियाका प्रबन्ध निर्देशक खगेन्द्र दाहालले रामकृष्णको परिवारलाई हस्तान्तरण गरे । आफूहरुले सहयोग आवश्यक रहेका व्यक्तिहरुलाई सहयोग जुटोस् भनेर गरिरहेको प्रयासमा लिलबहादुरले निरन्तररुपमा साथ दिँदै आएको भन्दै दाहालले आभार व्यक्त गरे ।

यस अघि पनि लिलबहादुरले खबरगन्जले प्रकाशित गरेको सामग्री हेरेर खजुराकै अन्य दुई परिवारलाई आवश्यक खाद्यान्न र लत्ताकपडा सहयोग गरिसकेका छन् । लिलबहादुरले अमेरिकामा श्रम गरेर गरेको कमाईबाट नेपालमा विपन्न र सहाराविहीनहरुलाई आवश्यक सामग्री सहयोग गर्नेदेखि आवास समेत बनाइदिँदै आएका छन् । रामकृष्णलाई सन्चारकर्मी विश्वास सुवेदीले पनि साथीभाईहरुमार्फत संकलित १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । रामकृष्णले आफूले स्थानीय तहबाट भने कुनै पनि आडभरोसा नपाएको गुनासो गरेका छन् । अपांगताको परिचय पत्रका लागि चिकित्सकले 'क' वर्गको दिनु भनेर सिफारिस गर्दा पनि गाउँपालिकाले दिन नमानेको गुनासो उनको छ । उनले आफ्नो सम्भाव्य उपचारका लागि समेत सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।


प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP