Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • दाइजो प्रथा विरुद्ध कार्ययोजना बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका
दाइजो प्रथा विरुद्ध कार्ययोजना बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर २३, २०८० बागेश्वरी पोस्ट
दाइजो प्रथा विरुद्ध कार्ययोजना बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले दाइजो प्रथा बिरुद्ध कार्ययोजना निर्माण थालेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार सरोकारवालाहरुसंग कार्ययोजना तर्जुमा कार्यशाला गोष्ठी गरेर दाइजो प्रथा विरुद्ध कार्ययोजना बनाउन थालेको हो । कार्यक्रममा विभिन्न क्षेत्र र समुदायका व्यक्तिहरु उपस्थित भई कार्ययोजना निर्माणका लागि समूहगतरुपमा पृष्ठपोषण दिएका छन् । 

दाइजो प्रथा विरुद्ध काम गर्ने गरी यसअघि नै कार्यदल समेत बनाइसकेको नेपालगञ्ज उपमहानगरपालिकाले कार्ययोजना निर्माण गरी कार्यान्वयन तहमा लैजान विद्यमान ऐन कानुनको प्रभावकारीरुपमा लागू गर्न सरोकारवालाहरुको हातेमालोमा जोड दिएको छ । नेपालगञ्जमा दाइजोको समस्या चर्को रहेकाले दाइजोलाई निरुत्साहित गर्न चासो बढाइएको महिला बालबालिका शाखा प्रमुख मञ्जु पाण्डले बताइन् ।  नेपालगञ्जमा दाइजोले निम्त्याएको घरेलु हिंसाको ग्राफ उच्च रहे पनि धेरै घटनाहरु बाहिर नै आउँदैनन् ।

No description available.

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले लैंङ्गिक हिंसा दाइजो प्रथाले निम्त्याएकाले यसको नियन्त्रणका लागि समाजभित्रका प्रत्येक सचेत नागरिक सक्रिय हुनुपर्ने बताए । 'समाज जागेको छ, हिजोको अवस्था भन्दा अहिले केही सुधार हुँदै गएको छ,’ बिष्टले भने, ‘कानून कार्यान्वयनमा सबै जिम्मेवार हुनुपर्छ । कानून सबैमा लागू हुनुपर्छ भन्ने हुन्छ तर आफूमा आएपछि पछि नमान्ने शैलीका कारण चुनौती देखिन्छ ।’ यो समस्यालाई एकैपटक अन्त्य गर्न नसकिने तर निरन्तरको सक्रियताले केही वर्षमा सम्भव हुने बिष्टको भनाई छ । एकैपल्ट धेरे कानून बनाइन्छ तर नेतृत्व तहलाई स्वयं थाहा नहुने अवस्थाले कार्यान्वयनमा समस्या ल्याएको बिष्टले उल्लेख गरे । ‘कानून लागू गर्न बनाइन्छ, नेतृत्व तहले समयानुकूल कानून निर्माण गर्नुपर्छ,’ बिष्टले भने, ‘एक पटक बनाएर सधैंका लागि पर्याप्त हुन सक्दैन ।’ 

नेपालगञ्जका उपप्रमुख कमरुद्दिन राईले मानिसको सोचका कारण यो समस्याको अन्त्य हुन नसकेको बताए । ठूल्ठूला कानूनको कुरा गर्ने गरिएको भएता पनि बाध्यताको कुरा कसैले गर्न नसकेको भन्दै उनले समाजमा रहेको यो परिस्थितिलाई समेत ध्यान दिन जरुरी रहेको बताए ।

No description available.

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले समाजलाई शान्तिपूर्ण बनाउन तथा कुनै पनि व्यक्तिमा कुनै प्रकारको बिभेद हुन नदिनका लागि प्रहरीले जिरो टोलेरेन्स नीति लिएको बताए । उनले समुदाय अनुसार फरक फरक चलन रहेको भए पनि दाइजोले नकारात्मक अवस्था निर्माण हुने हुँदा समाजका व्यक्तिसंगै घरपरिवार स्वयं पनि यसको नियन्त्रणमा लाग्नुपर्ने बताए । नेपालगञ्ज उद्योग वाणिज्य संघ तथा कशौधन बैश्य समाज बाँकेका पूर्व अध्यक्ष नन्दलाल बैश्यले यस्तो कुप्रथाबिरुद्ध सबै अगुवाको सक्रियता आवश्यक रहेको धारणा राखे ।

मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी लगायतले बोलेको कार्यक्रममा मानवअधिकारकर्मी कमला पन्तले लैंङ्गिक हिंसा तथा दाइजो प्रथाका बारेमा प्रस्तुति राखेकी थिइन् भने नेपालमा बिद्यमान कानूनका बारेमा अधिवक्ता बिश्वजीत तिवारीले जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन महिला विकास अधिकृत आशा शाहीले गरेकी थिइन् । 

No description available.No description available.No description available.


प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP