prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सहकारी संस्थालाई सुदृढ र भरोसायोग्य बनाउन अभिमुखीकरण
सहकारी संस्थालाई सुदृढ र भरोसायोग्य बनाउन अभिमुखीकरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर २५, २०८० बागेश्वरी पोस्ट
सहकारी संस्थालाई सुदृढ र भरोसायोग्य बनाउन अभिमुखीकरण

नेपालगञ्ज । सहकारी संस्थालाई सुदृढ र भरोसायोग्य बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले अभिमुखीकरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाको आयोजनामा आज सिकाई आदानप्रदान कार्यक्रम गरिएको हो । 

सहकारी सम्बद्ध सरोकारवाला निकाय र नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका सहकारी संस्थाबीच चौमासिक सिकाई आदानप्रदान कार्यक्रम अन्तर्गत एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको शाखा प्रमुख प्रविन रानाले बताए । सहकारीलाई सुदृढ, व्यवस्थित र चुस्तदुरुस्त राख्न अभिप्रेरित गर्दै जनस्तरमा गुम्दै गएको सहकारीप्रतिको विश्वासलाई पुनः जागृत गराउन अभिमुखीकरण गरिएको रानाले जानकारी दिए । जिल्ला सहकारी संघ बाँकेको सहजीकरण भएको अन्तरक्रिया कार्यक्रममा शाखा प्रमुख राना र संघका प्रबन्ध सञ्चालक नवराज उपाध्यायले सहजीकरण गरेका थिए । 

नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो कार्य क्षेत्रभित्र रहेका ११२ वटै सहकारी संस्थाको निरीक्षण गर्ने, आवश्यक देखिएमा अनुगमन गर्ने र समस्याग्रस्त देखिएमा सघन अनुगमन गर्ने नीति लिएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै आर्थिक विकास समिति संयोजक गोपाल पुनले नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी सुधार र सशक्तिकरणका लागि केही गर्न खोजेको भन्दै सबैको प्रतिबद्धता जरुरी रहेको बताए । अन्तरक्रियाले गाइडलाइन प्रदान गर्ने बताउँदै पुनले सहकारी अभियानलाई भरोसायोग्य बनाउनुपर्नेमा जोड दिए । उनले अब उत्कृष्ट सहकारीलाई सम्मान गर्ने परिपाटीको विकास गरिने जानकारी समेत दिए । 

जिल्ला सहकारी संघका प्रवन्ध संचालक उपाध्यायले समस्याग्रस्त सहकारीलाई ट्रयाकमा ल्याउन आवश्यक रहेको बताए । नेफस्कून प्रमुख छत्र धमलाले समस्याग्रस्त सहकारीलाई उकास्न समन्वयकारी भूमिका जरुरी रहेको उल्लेख गर्दै सुशासन कमजोर भएर थुप्रै चुनौतीको सामना गर्नुपरेको बताए । 

राष्ट्रिय सहकारी बैंक नेपालगञ्जका प्रमुख प्रकाश थपलियाले सहकारी स्वयंले कमजोरी गर्दा विश्वास गुमाउँदै गएको बताउँदै आफैंले आफ्नो स्वनियमन गर्नुपर्नेमा जोड दिए । जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भुपेन्द्रप्रसाद अधिकारीले सहकारीलाई मुख्य पेशा नबनाउँदा चुस्त दुरुस्त र व्यवस्थित बन्न नसकेको बताए । 

कार्यक्रममा करिब ४ दर्जन सहकारी प्रतिनिधिहरुको सहभागिता थियो । 

 

 


प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP