prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा एक हप्तामा ३९७ इ-रिक्सा नियन्त्रणमा
नेपालगञ्जमा एक हप्तामा ३९७ इ-रिक्सा नियन्त्रणमा
banijya office RSG-2
कागजात अद्यावधिक गर्न पुस ११ सम्मको समय दिइयो
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर २६, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्जमा एक हप्तामा ३९७ इ-रिक्सा नियन्त्रणमा

नेपालगञ्ज । नेपालगञ्जमा अवैधरुपमा गुडिरहेका ३९७ इ-रिक्सा नियन्त्रणमा लिइएको छ । एक हप्ताको अवधिमा ३९७ वटा इ-रिक्सा नियन्त्रणमा लिइएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले मंसिर १९ गतेदेखि 'अवैध इरिक्सा होल्ड अभियान' थाले यता उक्त संख्यामा इरिक्सा नियन्त्रणमा लिइएको बताए ।

नियन्त्रणमा लिए पश्चात कागजी प्रक्रिया पुर्याएर फिर्ता भएको इ-रिक्साको संख्या १६९ रहेको बोगटीले जानकारी दिए । मंसिर १९ गते १३३, २० गते ८८, २२ गते ७४, २४ गते ७८ र २५ गते २४ वटा इ-रिक्सा नियन्त्रणमा लिइएको छ । प्रक्रिया नपुर्याएका २२८ इरिक्सा अझै नियन्त्रणमा रहेको बोगटीले बताए ।

यातायात कार्यालयमा सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका रातो नम्बर प्लेटका इ-रिक्सामाथि कडाई गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए । नीतिनियम र प्रक्रिया विपरीत गुडिरहेका यात्रुबहाक इ-रिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँके र नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा 'होल्ड' गरेर राखिएको छ । 

नेपालगञ्ज सहरमा आवश्यकता भन्दा बढी इ-रिक्सा जथाभावी चल्न थालेपछि ट्राफिक अस्तब्यस्तता बढेको छ । दुर्घटना पनि बढ्दो छ । यो समस्यालाई मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले गैरकानुनीरुपमा चलेका इ-रिक्सामाथि निगरानी बढाएको जनाएको छ । करिब ४ हजार इ-रिक्सा गुडे पुग्ने अनुमान गरिएको नेपालगञ्जमा करिव १० हजार इ-रिक्सा गुडेका छन् । हालसम्म नेपालगञ्ज उपमहानगरपालिकामा २८०० इ-रिक्सा मात्र सूचीकृत भएको राजश्व शाखा प्रमुख विरबहादुर थापाले बताए । 

यसैबीच नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका इ-रिक्साहरुलाई व्यवस्थित गर्ने सम्बन्धमा नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरोकारवाला निकायहरुसंग आज बसेको वैठकको निर्णय अनुसार श्रमजीवी वर्गको मागलाई मध्यनजर गर्दै इ-रिक्सासंग सम्बन्धित कागजातहरु नेपालगञ्ज उपमहानगरपालिकामा पेश गरेर बुझिलिने तथा सम्बन्धित निकायमा दर्ता र नवीकरण यही पुस ११ गतेभित्र अनिवार्यरुपमा गर्नुपर्नेछ ।

No description available.


प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP